दुबईस्थित बहुराष्ट्रिय कम्पनी फिल्प्सको सीईओमा नेपाली फिनटेक उद्यमी ढकाल

Sep 17, 2025 09:13 AM Merolagani



दुबईस्थित ग्लोबल फिनटेक कम्पनी फिल्प्स लिमिटेडको सीईओमा नेपालका प्रख्यात फिनटेक उद्यमी विश्वास ढकाल नियुक्त भएका छन्। यो नियुक्ति नेपाली फिनटेक क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि मानिएको छ।

ढकाल नेपालको सबैभन्दा सफल फिनटेक उद्यमी मानिन्छन्। उनको कम्पनी एफवान सफ्ट इन्टरनेसनलको सेवा नेपालका लगभग ९० प्रतिशत बैंकहरूले प्रयोग गर्दै आएका छन्। उनले सन् २००४ मा सो कम्पनी स्थापना गरेका थिए।

उनी नेपालको पहिलो अनलाइन भुक्तानी गेटवे इसेवा र फोन पेका संस्थापक हुन्। हाल इसेवाका ५० लाख र फोन पेका १८ लाख प्रयोगकर्ताहरू छन्। बैंक सेवाविहीन जनसंख्यालाई मुख्य धारामा ल्याउने काममा ढकालले उल्लेखनीय भूमिका खेलेका छन्।

फिल्प्सको नेतृत्वमा आउन ढकालले अगष्ट २०२५ मा बंगलादेशको सिटी बैंकसँग गरिएको रणनीतिक साझेदारी उल्लेखनीय रह्यो।

अमेरिकी विदेश मन्त्रालयले उनलाई अन्तर्राष्ट्रिय भिजिटर लिडरशिप प्रोग्राम र २०१६ को ग्लोबल इन्ट्रेप्रेन्योरशिप समिटका लागि छनोट गरेको थियो। हालै मे २०२५ मा काठमाडौंमा आयोजित एशियन पेमेन्ट नेटवर्कको २१औँ वार्षिक साधारणसभामा उनलाई उपाध्यक्षमा नियुक्त गरिएको छ।

फिल्प्सले ‘नेक्स बिलियन, नेक्स फ्रन्टेनियर’ भन्ने नारासहित अर्को अरब जनसंख्याका लागि मजबुत फिनटेक पूर्वाधार निर्माण गर्ने दृष्टिकोण अगाडि बढाएको छ। कम्पनीका अनुसार ढकालको नेतृत्वमा (पुरानो परम्परागत तरिकालाई छोडेर नयाँ र उन्नत तरिका अपनाउनु) गति दिने, प्रभाव विस्तार गर्ने र सबै साझेदारका लागि अर्थपूर्ण मूल्य सिर्जना गर्ने दिशामा काम गरिने छ।

विश्वव्यापी फिनटेक क्षेत्रमा ढकालको यो नियुक्तिले नेपाली फिनटेक क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच र प्रभावलाई अझ बढाउने अपेक्षा गरिएको छ।

उनले सन् २०१४ अन्तर्राष्ट्रिय व्यापार पुरस्कार, २०१३ नेपाल उद्योग वाणिज्य महासंघबाट सेवा उत्कृष्टता पुरस्कार र २०१२ रेड हेरिङ टप १०० एशिया पुरस्कार प्राप्त गरेका छन्।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।