‘गोल्ड फिभर’ २०२५ मा सुनको मूल्य ५०% बढ्यो, बढ्ने क्रम अझै नरोकिने, कति पुग्ला ?

Oct 21, 2025 05:32 AM Merolagani



सुवास निरौला

सन् २०२५ सुन जुन गतिमा बढिरहेको छ। यसलाई हेरेर सुनको लागि यो वर्ष निक्कै सुनौलो वर्षको रुपमा लिन सकिन्छ। यस अघिका वर्षहरूमा सुन जति चम्किने गर्थ्यो,  त्यो भन्दा निक्कै बढी सुनमा चम्किरहेको छ।

यो हप्ता मात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस चार हजार डलर पुगेको छ। जसरी अन्तर्राष्ट्रिय स्तरमा मूल्य बढ्छ त्यसको सोझो असर नेपाली बजारमा पर्छ। यो हप्ता नेपाली बजारमा प्रति तोला सुनको मूल्य दुई लाख ५० हजार रुपैयाँ नाघेको छ।

सुनको मूल्य बढ्नुमा नेपाको कुनै हात हुँदैन। तर सुनको मूल्य बढ्नुमा अमेरिकाको भने प्रत्यक्ष हात हुन्छ। किनकि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रायः अमेरिकी डलर (USD) मा मूल्याङ्कन हुन्छ। डलर कमजोर हुँदा अन्य मुद्रामा सुनको मूल्य तुलनात्मक रूपमा बढी हुन्छ। अन्य कुनै देशको अर्थतन्त्र बिग्रँदैमा सुनको मूल्यमा प्रभाव पर्दैन। तर अमेरिकी अर्थतन्त्र तनावमा जाने बित्तिकै सुनको मूल्यमा प्रत्यक्ष असर गर्छ। जुन असर अहिले देखिइरहेको छ। जब जब अमेरिकी अर्थतन्त्र कठिन अवस्थामा हुन्छ। त्यति बेला सुन चम्किन्छ। अहिले भएको त्यही हो। अमेरिकाको अहिलेको अर्थतन्त्रलाई विश्लेषण गर्दै विश्वका लगानीकर्ता सुन प्रति चाहिने भन्दा धेरै आकर्षित भइरहेका छन्। जसले गर्दा सुनमा थप चम्किँदै गइरहेको छ।

कठिन समयमा सुनले सुरक्षाको प्रत्याभूति गर्छ भन्ने विश्व लगानीकर्ताहरूको मान्यता छ। जब अमेरिकाको मुद्रा स्फीति बढ्छ तब सुनको मूल्य पनि बढ्छ। तर यस वर्ष सन् १९७९ भन्दा पनि छिटो सुनको मूल्य बढिरहेको छ। १९७९ मा अमेरिका ठूलो ऊर्जा सङ्कट र दोहोरो अंकको मुद्रास्फीतिसँग सङ्घर्ष गरिरहेको थियो। त्यति बेला पनि लगानीकर्ता सुन तर्फ नै आकर्षित भएका थिए। सोही कारण सुनको मूल्य त्यस बेला पनि निक्कै बढेको थियो। अमेरिकामा सेप्टेम्बर ११ मा भएको आक्रमण देखि २००८ को वित्तीय मन्दी र महामारीमा पनि सुनको मूल्य बढेको थियो। तर अहिले त्यति बेला सुन जसरी बढेको थियो त्यो भन्दा पनि तीव्र गतिमा अहिले सुनको मूल्य बढिरहेको छ। यस अघिका सबै घटनाहरूलाई अहिले बढेको मूल्यले बिर्साइदिएको छ।   

सुनको यो बढ्दो र्‍यालीले मुद्रास्फीतिको बारेमा लामो समयदेखिको चिन्ता र व्यापक आर्थिक अनिश्चिततालाई प्रतिबिम्बित गर्दछ। जुन चार वर्षभन्दा बढी समयदेखि फेडरल रिजर्भले २ प्रतिशतको लक्ष्यमा राख्ने भनेको मुद्रास्फीति त्यो भन्दा माथि रहँदै आएको छ।  त्यसले व्यापक आर्थिक अनिश्चितता दर्साइरहेको छ।

यसबाहेक, अमेरिकाले महामन्दी पछि नदेखिने स्तरमा शुल्क बढाएको छ। यस महिना, अमेरिकी सरकारको बन्दले प्रमुख आर्थिक डेटालाई बाधा पुर्‍याउँदा सुन पहिले नै ५ प्रतिशतले बढेको छ। यस्तो समयमा, लगानीकर्ताहरूले सरकारसँग जोडिएको एउटै सम्पत्ति सुनमा बाजी लगाइरहेका छन्।

सुनको र्‍यालीको प्रमुख चालकहरू मध्ये एक अमेरिकी डलर हो। जुन दशकहरूमा यसको सबैभन्दा खराब वर्षहरू मध्ये एकको सामना गरिरहेको छ। यसले लगानीकर्ताहरूलाई सुनतिर धकेल्दै लगिरहेको छ।

केन्द्रीय बैंकहरूले भारी मात्रामा सुन खरिद गरिरहेका छन्। प्रतिबन्धहरूले अमेरिकामा रुसी सम्पत्तिहरू फ्रिज गरेपछि यो प्रवृत्ति तीव्र भएको छ। जसले विदेशी अधिकारीहरूलाई आफ्नो पैसा कहाँ राख्ने भनेर प्रश्न गर्न प्रेरित गरेको छ।

गोल्डम्यान साक्सले अर्को वर्षको अन्त्यसम्ममा मूल्यहरू ४४,९०० पुग्ने भविष्यवाणी गरेको छ। विश्वभरि नै डलरको प्रभाव कमजोर पार्न खोजिएको छ। जति जति डलरको प्रभाव कमजोर पार्ने प्रयासहरू हुनेछन्। त्यति त्यति लगानीकर्ताको आकर्षण सुनमा बढ्दै जाने छ। जुन विश्वभरिका लगानीकर्ताको लागि चिन्ताको विषय हो। यसमा नेपाल जस्तो मुलुकले सुनको मूल्य बढेको हेर्नु बाहेक अरू केही गर्न सक्दैन। त्यस कारण सुनको मूल्य थप बढ्ने अनुमान आउँदै गर्दा सुनमा लगानी बढाउनु नै बुद्धिमत्तापूर्ण निर्णय हुन सक्छ। 




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।