विद्युत् प्राधिकरणले माग्यो त्रिशुली ३ बी–रातामाटे प्रसारण लाइन बनाउन अनुमतिपत्र

Nov 09, 2025 12:14 PM merolagani



नेपाल विद्युत् प्राधिकरणले त्रिशुली ३ बी–रातामाटे २२० केभी प्रसारण लाइन निर्माण गर्न अनुमतिपत्र(लाइसेन्स) माग गरेको छ ।

प्राधिकरणले यसअघि नै विद्युत् विकास विभागमार्फत आयोजना सम्वन्धी विवरण पेश गर्दै लाइसेन्स मागेको हो ।

विभागले प्रसारण लाइनको अनुमतिपत्रका लागि प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणले दरखास्त पेश गरेको भन्दै प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा प्रतिकुल असर पर्ने भएमा ३५ दिनभित्र रायसुझाव पेश गर्न आग्रह गर्दै सूचना प्रकाशित गरेको छ ।

 

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा रहेको त्रिशुली ३ बी सवस्टेशनदेखि विदुर नगरपालिका, तारकेश्वर गाउँपालिका हुँदै बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा प्रस्तावित रातामाटे सवस्टेशनसम्म २४.३ किलोमिटरमा २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्नुपर्नेछ ।

जसमा ४९ वटा टावरहरु निर्माण गरिनेछ । आयोजना निर्माणका लागि ७२.९३ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमध्ये प्रसारण लाइन क्षेत्र भित्र मात्रै ६७ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्नेछ । प्रसारण लाइन आयोजना साढे २ वर्षमा सम्पन्न गर्ने प्राधिकरणको योजना छ ।




सुनचाँदीको मूल्यमा भारि गिरावट

Nov 20, 2026 10:45 AM

मंसिर ४ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावट भएको छ। यसदिन सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी तोलाको २२५ रुपैयाँले घटेको हो ।