सुन र चाँदीको मूल्य ऐतिहासिक उचाईमा

Jan 19, 2026 11:10 AM Merolagani



माघ ५ गते, सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेकाे छ । यस दिन सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले र चाँदी तोलामा १८५ रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । आईतबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । गत पुस ३० गते कायम भएको रेकर्ड ब्रेक गर्दै आज सुनकाे मूल्यले नयाँ उचाई बनाएको हो ।

यस दिन चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । आजको बजारमा चाँदी तोला ५ हजार ८१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको मूल्यले यस भन्दा पहिलेको ५ हजार ६५५ रुपैयाँको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हाे । आईतबारको बजारमा चाँदी प्रतिताला ५ हजार ६२५ रुपैयाँमा खरिद भएको थियो ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।