ग्लोबल आईएमई बैंकको मोबाइल बैकिङ एपबाटै आईपीओ भर्न सकिने

Jan 28, 2026 06:10 PM MeroLagani



ग्लोबल आईएमई बैंकले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’बाटै आईपीओ भर्न मिल्ने व्यवस्था गरेको छ । मेरो शेयरको प्लेटफर्म प्रयोग गर्दै आएकोमा अब बैंकका ग्राहकले मोबाइल बैकिङ एपबाटै आईपीओ भर्न सकिने गरी एप परिमार्जन गरेको जनाएको छ ।

आईपीओ म्यानेजमेन्टमा गई बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताले सजिलैसँग आफ्नो डिम्याट नम्बर प्रविष्ट गरे पश्चात सिआरएन नम्बर तुरुन्तै प्राप्त गर्न सक्नेछन् । त्यसपछि ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले सहजै आवेदन खुल्ला भएको आईपीओमा आवेदन गर्न सकिने बैंकले जनाएको छ । कुनै कम्पनीको आईपीओ आवेदन खुल्नासाथ मोबाइल बैकिङबाट अलर्ट समेत प्राप्त हुनेछ ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।