अन्सारीले ४१ हजार २०० मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरेका छन्।
त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार सन्जु साह कानुले ७ हजार ५९३ मत प्राप्त गरेका छन्।
अन्सारीले प्रतिस्पर्धी उम्मेदवारहरूलाई उल्लेख्य मतान्तरले पराजित गर्दै बारा–४ मा रास्वपाको जीत सुनिश्चित गरेका हुन्।