असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

Jun 14, 2026 10:56 AM Merolagani



नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि आफ्नो नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन्। उपलब्ध तथ्याङ्क अनुसार, जेठको तुलनामा असार महिनामा निक्षेपको औषत ब्याजदरमा सामान्य गिरावट आएको छ।

व्यक्तिगत निक्षेपतर्फको औषत अधिकतम ब्याजदर जेठको ४.३४३ प्रतिशतविन्दुबाट घटेर असारमा ४.२६५५ प्रतिशतविन्दु कायम भएको छ। त्यस्तै, संस्थागत निक्षेपको औषत दर पनि जेठको ३.२०४ प्रतिशतविन्दुबाट केही घटेर ३.१८ प्रतिशतविन्दुमा झरेको छ।

समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगततर्फको ब्याजदरमा सबैभन्दा बढी ०.५ प्रतिशतविन्दुले कटौती गरेका छन्। यसैगरी हिमालयन बैंकले ०.२५ प्रतिशतविन्दु, प्राइम कमर्सियल बैंकले ०.१५ प्रतिशतविन्दु र एनएमबि, स्ट्याण्डर्ड चार्टर्ड तथा कुमारी बैंकले ०.०५ प्रतिशतविन्दुले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।

राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, प्रभु बैंक र सानिमा बैंक लगायत १४ वटा बैंकहरूले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।