पूँजीवृद्धिको चटारोले हकप्रदको बाढी,पौने सात अर्ब बराबरको हकप्रद पाइपलाइनमा

Aug 21, 2016 merolagani

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको अनिवार्य रूपमा पुँजी वृद्धि गर्नुपर्ने निर्देशन जारी गरेपछि धेरैजसो संस्थाले हकप्रद निष्कासनको प्रक्रिया थालेका छन् । कतिपय संस्थाले हकप्रद जारी गरिसकेका छन भने कतिपय संस्थाहरु निष्कासनको चरणमा देखिन्छन् ।  धितोपत्र बोर्डमा यतिबेला डेढ दर्जन बढी संस्थाले ६ अर्ब ७५ करोड रूपैयाँ बराबरको हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका छन् भने आधा दर्जन संस्थाले अनुमति पाईसकेका छन् ।

पछिल्लो चरणमा हकप्रद निष्कासनको अनुमति पाएकामध्ये सेञ्चुरी बैंकले भदौ ५ गतेबाट जारी गरेको छ । अन्य कम्पनीहरु निष्कासनको तयारीमा रहेका छन् । 

हकप्रद निष्कासनको अनुमति पाएका कम्पनी

 

अहिले धितोपत्रमा बोर्डमा हकप्रद शेयर जारी गर्ने तयारीमा रहेका कम्पनीहरूमा अधिकांश बैंक तथा वित्तीय संस्था रहेका छन् । बैंक, फाइनान्स बाहेक केही बीमा, हाइड्रोपावर र लघुवित्त कम्पनीले पनि हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

श्रावण मसान्त सम्ममा बोर्डमा कुल १९ वटा कम्पनीले एक सय रूपैयाँ अकिंत मूल्यका ६ करोड ७५ लाख ३ हजार ८ सय ७२ कित्ता हकप्रद शेयर जारी गर्न पाइपलाइनमा बसेका हुन् ।

हकप्रदका लागि आवेदन गरेका कम्पनी

 

राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई निश्चित दायरा तोकेर अनिबार्य रुपमा चुक्तापूँजी बृद्धि गर्न निर्देशन दिएका कारण बैंक तथा बित्तीय संस्थाहरुले हकप्रद जारी गर्ने क्रम तीब्र पारेका छन् । पूँजीको सिमा पुरा गर्न मर्ज, एक्विजिशन, बोनस, हकप्रद, थप नयाँ निश्काशन लगायतका उपायहरु अपनाईएको छ । मर्जमा गएका कम्पनीले पनि हकप्रद जारी गर्दैछन् भने मर्जमै नजाने कम्पनीले पनि दुई बर्षको बोनस शेयरबाट तोकिएको पूँजी कायम गर्न नसक्ने देखेपछि हकप्रदको प्रस्ताव लगेर साधारणसभाबाट पारित गराई तयारी अबस्थामा रहन खोज्दैछन् ।

लगानीकर्तामा अहिले बोनस र हकप्रद शेयरको निकै ठूलो आकर्षण छ । कुनै कम्पनीले हकप्रद शेयर जारी गर्ने हल्ला चल्यो कि त्यसको मूल्य आकाश छुने गरी उचालिन्छ तर जोखिम ब्यवस्थापन नगरी गरिएको लगानीमा यही हकप्रद लगानीकर्ताको टाउको दुखाईको गंभीर बिषय बन्न पनि सक्छ । यसरी घोषणा गरेका कम्पनीहरुको मात्रै हिसाव गरी हेर्दा चालु आर्थिक बर्षमा भारि मात्रमा हकप्रद आउने आँकडाले देखाउँछ । के बजारले यति धेरै रकमको हकप्रद धान्न सक्छ ? निकै बिचारणीय पक्ष छ ।

खुल्यो सेञ्चुरी बैंकको ३० प्रतिशत हकप्रद,असोज ९ गतेसम्म आवेदन गर्न सकिने

चार लाख कित्ता आईपिओ आइतबारबाट खुल्ने ,कँहा कँहा दिने आवेदन ?

मेगा बैंकको २५ प्रतिशत हकप्रद खुल्यो, वोमी माइक्रोको भदौ १३ गतेदेखि

एनबी इन्स्योरेन्सको ८० प्रतिशत, सिन्धु विकासको शतप्रतिशत र मनास्लुको ५० प्रतिशत हकप्रद खुल्यो 

सुर्या लाइफको १२ लाख ५० हजार कित्ता हकप्रद शेयर बिक्री खुला

अल्पाइनको ८ लाख २० हजार कित्ता हकप्रद खुल्यो, मिथिला लघुवित्तको पनि ५० प्रतिशत

पूर्णिमा विकास बैंकको २:१ हकप्रद खुल्यो

डेढ सय प्रतिशत हकप्रद जारी गर्न सहाराले पायो अनुमति,कैलाशले पनि दियो आवेदन

५० प्रतिशत हकप्रद जारी गर्न गुहेश्वरी मर्चेन्टले पायो स्वीकृति

सूर्योदय लघुवित्तको एक लाख २० हजार कित्ता आइपिओ खुला, कहाँ गर्ने आवेदन ?

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।