नेशनल हाईड्रोको एकसाथ चारवटा संयुक्त साधारणसभा आज, कस्तो देखिएला बित्तीय अवस्था ?

Dec 11, 2016 Merolagani

लामो समयदेखि बिबादको घेरामा रहेको नेशनल हाईड्रोपावर(NHPC)ले बिगतमा भएको बदमासीलाई स्पष्ट गरी कम्पनीलाई नयाँ रुपमा अगाडि बढाउने उद्धेश्यसहित आज एकसाथ चार बर्षको साधारणसभा गर्दैछ । बिगतका छ आर्थिक बर्षहरुको लेखा परीक्षण सकेर कम्पनीले अबको बाटो तय गर्न चार बर्षको साधारणसभा एकैपटक राखेको हो ।

नेशनल हाईड्रोले आज बिहान ११ बजे आफ्नो १६, १७, १८ र १९ औं साधारणसभा नक्साल बैंक्वेटमा आयोजना गर्दैछ ।

सो साधारणसभामा बक्यौता बर्षहरुको लेखापरीक्षण प्रतिबेदनहरुमाथि छलफल गरी पारित गर्ने, गत आर्थिक बर्ष २०७२,०७३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्तावहरु छन् भने बिशेष प्रस्तावमा कम्पनीलाई अन्य जलबिद्युत कम्पनीसँग मर्जमा लैजाने वा अरुलाई मर्ज गरेर ल्याउने, अपलेखन नभएका खर्चहरु अपलेखन गर्ने लगायत छन् ।

दुईजना लेखापरीक्षकहरु एनपी एण्ड एशोसियटका अनिल पौडेल र जी एण्ड डी एशोसियटका ज्योति पाण्डेले कम्पनीको बक्यौता लेखापरीक्षणहरु गरेका हुन्।

पौडेलले अघिल्ला तीन बर्षका लेखापरीक्षणहरुको टुंगो लगाईसके पछि पाण्डेका तर्फबाट बाँकी तीन बर्षको लेखा परीक्षण गरिएको हो ।

बिगतमा एनबी समूहले धरासायी बनाएको कम्पनीको आर्थिक अबस्था कस्तो छ भन्ने बारेमा स्पष्ट पार्ने गरी तयार गरिएका लेखापरीक्षण प्रतिबेदनहरुले कम्पनी जगेडा घाटामा रहेको औल्याएको बुझिएको छ ।

यो पनि पढ्नुहोस् । 

मुद्धै मुद्धामा जेलिएको नेशनल हाईड्रोको खुद नाफा बढ्दा लगानीकर्ता किन हौसिने ?

शेयर बजारमा धोका नखाने हो भने पढ्नैपर्ने केही काण्डहरु

नयाँ जीवन प्राप्त गरेको घोषणा : नेशनल हाईड्रो, बिशेष साधारणसभा

नेशनल हाईड्रोः यस्तो बदमासीको भारी बोकेर कहाँ पुग्ने ?

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।