संस्थापक सेयर लिलामीमा समेत नबिकेर हकप्रद निश्काशन गर्ने कम्पनीहरु हैरान

Mar 20, 2017 merolagani

सेयर बजार उकालो लाग्दै गर्दा केही कम्पनीहरुलाई भने हकप्रदमा नबिकेको संस्थापक सेयर लिलाममा निकाल्दा समेत नबिकेर हैरानी भएको छ । यस्तै हैरानी खेप्नेमा सेती फाईनान्स र सगरमाथा फाईनान्स अगाडि देखिएका छन् । 

सगरमाथा फाईनाइन्स (SAFL) ले ८० प्रतिशत हकप्रदमा नबिकेको सात लाख २० हजार तीन सय १८ कित्ता सेयर फागुन २६ गतेदेखि लिलामीमा राखेपनि  पाँच लाख ६६ हजार दुई सय ७८ कित्ता संस्थापक सेयरमा लिलामी आवेदन नपरेपछि उक्त संख्याको सेयरमा फाईनाईन्सले फेरि चैत ७ गते सोमबारदेखि लिलामी गर्ने सुचना प्रकाशित गरेको छ । 

माछापुच्छ्रे बैंक र सगरमाथा फाइनान्सको लिलामको सेयर कति मूल्य हाल्नेलाई पर्यो ?

सेञ्चुरी कमर्शियल बैंकसँग विलय सम्झौता गरेको फाईनाइन्सले लिलामबाट सेयर सकार्ने लगानीकर्तालाई १८ दशमलव ३० प्रतिशत बोनस पनि बितरण गर्ने भएकाले साधारण सेयरमा उच्च मुल्यमा सेयर आवेदन परेको भएपनि संस्थापक सेयर भने भारी मात्रामा नविकेको हो ।

त्यस्तै सेती फाईनाईन्स कम्पनी (SETI) ले हकप्रदमा एक लाख ८० हजार ३५ कित्ता संस्थापक सेयर नबिकेपछि चैत ११ गतेदेखि लिलामी फेरि खुला गर्ने भएको छ । फाईनान्सले हकप्रद जारी गर्दा नबिकेको संस्थापक सेयर अघिल्लो साता लिलाममा निकाल्दा किन्ने अति न्यून भएपछि एक लाख ८० हजार कित्ता फेरि लिलाममा निकालेको हो । फाईनाइन्सले यसअघि फागुन ११ देखि १९ गतेसम्म खुला गरेको लिलामीमा जम्मा तीन हजार दुई सय कित्ता संस्थापक सेयरमात्र बिकेको थियो । 

अहिले खुला भएको संस्थापक सेयर लिलामीमा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल तथा सेती फाईनाईनान्सको कार्यालय टिकापुर कैलालीबाट चैत ११ देखि १७ गतेसम्म आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ । बोलपत्र चैत २० गते क्यापिटलको कार्यालय लाजिम्पाटमा ४ बजे खुला हुनेछ । 

धितोपत्र बजारमा संस्थापक सेयर साधारण सेयर जस्तै सजिलै बिक्रि नहुने भएकाले लिलामीमा नविकेको हो ।

हिमालयन बैंक लिमिटेड (HBL) को हकप्रदमा नबिकेको एक लाख ४५ हजार पाँच सय ८० कित्ता साधारण सेयर चैत १० गतेदेखि लिलामी गर्ने भएको छ । बैंकले सात अनुपात एक कित्ताको दरले कात्तिक २६ देखि मंसिर ३० सम्म कुल ६४ लाख २७ हजार तीन सय ५० कित्ता सेयर हकप्रद निष्काशन गरेको थियो । यस समयमा नविकेको सेयरको बैंकले विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्फत उक्त सेयर लिलाम गर्ने भएको हो । लिलाम सकार्न चाहने ईच्छुक लगानीकर्ताले चैत १६ गतेसम्म लक्ष्मी क्यापिटल मार्फत न्यूनतम एक सय कित्तादेखि १० कित्ताको गुणांकमा आवेदन दिनुपर्ने हुन्छ । 

लिलाममा समेत बिक्न छाड्यो हकप्रद संस्थापक सेयर, सेती फाईनान्सलाई सकस

सेती फाईनाइन्सको साढे दुई लाख कित्ता सेयरमा बोलकबोल खुला

काष्ठमण्डप डेभलपमेन्ट बैंक (KDBL) ले पनि हकप्रदमा नबिकेको साधारण सेयरमा चैत २२ गतेदेखि लिलामी खोल्ने भएको छ । बैंकले एक लाख सात हजार छ सय एक कित्ता साधारण सेयरमा लिलमी खोल्न लागेको हो । काष्ठमण्डप डेभलपमेन्ट बैंकको सेयर लिलम गर्न ईच्छुक लगानीकर्ताले विक्री प्रबन्धक एनसीएम मर्चेन्ट बैंकिङ्ग कमलपोखरीमा चैत २८ गतेसम्म आवेदन गर्न सक्नेछन् । 

उता नागबेली लघुवित्त कम्पनी (NBBL@) को पनि २० हजार चार सय ७२ कित्ता सेयर लिलामीमा आउनेको भएको छ । कम्पनीले कुल एक लाख २५ हजार कित्ता हकप्रद मंसिर २० गतेदेखि माघ १० गतेसम्म निष्काशन खुला गरेमध्ये तीन हजार सात सय ८० आवेदकलाई फागुन आठ गते एक लाख चार हजार पाँच सय २८ कित्ता बाँडफाँड गरेको छ । बाँकी रहेको २० हजार चार सय ७२ कित्ता सेयरको लघुवित्तले बोलकबोलबाट छिट्टै खुला गरि बिक्री गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।