धितोपत्र बोर्डबाट एकै दिन हकप्रद निष्काशनका लागि स्वीकृति पाउने चार कम्पनी कुन् कुन् हुन् ?

Mar 31, 2017 Merolagani

जनता बैंक (JBNL) मा विलय हुने सम्झौता गरेको सिद्धार्थ डेभलपमेण्ट बैंक (SDBL) ले ६० प्रतिशत हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । त्यसै गरी गोखार्ज फाइनान्स (GRFL) ले पनि बोर्डबाट हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको छ । बोर्डले बिहीबार नै फर्स्ट माइक्रोफाइनान्स (FMDBL) र हाम्रो विकास बैंक (HAMRO) लाई पनि हकप्रद निष्काशनको अनुमति दिएको थियो ।

बिहीबार धितोपत्र बोर्डले फर्स्ट माइक्रोफाइनान्सलाई ५० प्रतिशत, हाम्रो विसका बैंकलाई दुई सय प्रतिशत, सिद्धार्थ डेभलपमेण्ट बैंकलाई ६० प्रतिशत र गोर्खाज फाइनान्सलाई ५० प्रतिशत हकप्रद निष्काशनका लागि अनुमति दिएको हो ।

          ...[हाम्रो विकास बैंक र फर्स्ट माईक्रोफाईनाइन्सको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत]...

बोर्डले सिद्धार्थ बैंकलाई प्रतिकित्ता एक सय रुपैंया अंकित मूल्यमा ८५ लाख १५ हजार छ कित्ता हकप्रद निष्काशनका लागि अनुमति दिएको हो । हाल एक अर्ब ४१ करोड ९१ लाख ६७ हजार रुपैंया चुक्ता पूँजी रहेको सिद्धार्थको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी दुई अर्ब २७ करोड छ लाख रुपैंया पुग्नेछ । राष्ट्र बैंकले तोकेको अढाई अर्ब पूँजी पुर्याउन २३ करोड रुपैंइा मात्र पूँजी बिस्तार गर्नु पर्ने भए पनि बैंकले दिर्घकालिन सोचका साथ जनता बैंकमा विलय हुने निर्णय गरेको हो ।

           ...[जनतामा त्रिबेणी र सिद्धार्थ मिलेपछि बन्नेभयो ५० अर्ब निक्षेप भएको बाणिज्य बैंक]...

हाल ५९ करोड ८६ लाख ६२ हजार रुपैंया चुक्ता पूँजी रहेको गोर्खाज फाइनान्सको ५० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ८९ करोड ७९ लाख ९३ हजार रुपैंया पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको ८० करोड रुपैंया बढी पूँजी बनाएर फाइनान्सले आफुलाई थप सबल बनाउँदै अघि बढाउन लागेको हो ।

                  ...[यसरी गर्यो गोर्खाज फाइनान्सले वित्तीय अवस्थामा व्यापक सुधार]...

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।