मेगा बैंकको सेयरमा बोलकबोल गर्ने आईतबार अन्तिम दिन,सेतीको बोलकबोल आजै खोलिँदै

Apr 02, 2017 merolagani

मेगा बैंक (MEGA) ले चैत १३ गतेदेखि लिलामीमा राखेको हकप्रदमा नबिकेको तीन लाख ८६ हजार आठ सय ८२ कित्ता सेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन हो । बैंकले एक लाख ६८ हजार नौं सय ९२ कित्ता संस्थापक सेयर र दुई लाख १७ हजार आठ सय ९० कित्ता साधारण सेयर मा लिलामी खोलेको थियो ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिंग लिमिटेड रहेको छ । ईच्छुक लगानीकर्ताले न्युनतम एक सय रुपैयाँमाथि अंकित मूल्य राखेर दश कित्ताको गुणांकमा क्यापिटलको कार्यालय नक्साल वा मेगा बैंकको केन्द्रिय कार्यालय कमलादीबाट लिलामीमा आवेदन गर्न सक्नेछन् । आवेदकले न्युनतम एक सय कित्तादेखि अधिकतम दश लाख कित्ताका लागि बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । क्यापिटलले बोलकबोल नतिजा विक्री प्रवन्धकको कार्यालय नक्सालमा चैत २१ गते सोमबार ३ बजेदेखि खुला हुने जनाएको छ ।

सेयर लिलाममा सहभागी हुन खोज्नेलाई अब मेगा र वेष्टर्नमा मौका, महंगो मूल्य नहाल्नुस

उता आजै सेती फाईनाइन्स (SETI) ले संस्थापक सेयरको बोलपत्र खुला गर्देछ । फाईनाइन्सको सेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलको कार्यालय लाजिम्पाटमा ४ बजे बोलपत्र खुला हुनेछ ।

सेतीले हकप्रदमा निकालेको एक लाख ८० हजार ३५ कित्ता संस्थापक सेयर नबिकेपछि चैत ११ गतेदेखि १७ गतेसम्म लिलामी फेरि खुला गरेको थियो । यसअघि पनि फागुन ११ देखि १९ गतेसम्म एक लाख ८३ हजार २३५ कित्ता सेयरमा लिलामी खुला गरेपनि फाईनाइन्सको सेयरमा अति न्यून तीन हजार दुई सय कित्ता संस्थापक सेयरमात्र बिकेको थियो ।

संस्थापक सेयर लिलामीमा समेत नबिकेर हकप्रद निश्काशन गर्ने कम्पनीहरु हैरान

लिलाममा समेत बिक्न छाड्यो हकप्रद संस्थापक सेयर, सेती फाईनान्सलाई सकस

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।