हिमालयन पावर पार्टनरको आईपीओ १० कित्ताका दरले बाँडफाँड होला कि नहोला ?

Jun 17, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डले धितोपत्र निश्काशन तथा बाँडफाँट निर्देशिका २०७४ जारी गर्दै सार्वजनिक निष्काशनमा आबेदन गर्ने सबैलाई अनिवार्य १० कित्ता वा १० को गुणनमा सेयर दिनुपर्ने व्यवस्था गरे पछि सेयर निष्काशक कम्पनी र बिक्री प्रबन्धकलाई सेयर बाँडफाँटमा नयाँ व्यवस्था लागु गर्नुपर्ने भएको छ । यस बिचमा गत बिहीबारदेखि साधारण सेयर निष्काशन गरेको हिमालयन पावर पार्टनर कम्पनीको सेयर कसरी बाँडफाँड होला भन्ने चासो आम लगानीकर्तामा छ ।

धितोपत्र बाँडफाँड निर्देशिकामा साधारण सेयरमा दुई लाख आवेदन परेमा तीस दिनमा सेयर बाँडफाँड गर्नु पर्ने व्यवस्था छ । त्यसै गरि दुई लाख एक देखि तीन लाख आवेदन परेको खण्डमा ४० दिनमा बाँडफाँड गर्नु पर्ने हुन्छ भने तीन लाख एक भन्दा माथिको संख्यामा सेयर आवेदन परे ५० दिनमा सेयर बाँडफाँड गर्नु पर्ने हुन्छ ।

उल्लेखित बाँडफाँड समयावधिलाई हेर्दा हिमालयन पावर पार्टनरको साधारण सेयर बाँडफाँड हुन कम्तीमा पनि सेयर निष्काशन बन्द भएको मितिले ३० दिन समय लाग्नेछ । असार पाँच गते सेयर निष्काशन बन्द भए पछि माथि उल्लेखित व्यहोरा अनुसार उसको सेयर बाँडफाँड साउन पहिलो साता मात्र हुनेछ ।

यहाँ भन्न खोजिएको कुरा यो हो कि, धितोपत्र बोर्डले लागू गरेको नयाँ निर्देशिका आगामी साउन एक गतेदेखि कार्यान्वायनमा आउँदैछ । यस आधारमा हिमालयन पावर पार्टनरको साधारण सेयर सबै आवेदकलाई अनिवार्य रुपमा १० कित्ताका दरले बाँडफाँड गर्नु पर्ने हुन्छ । १० कित्ताका दरले सबै आवेदकलाई सेयर बाँडफाँड गर्न नसकिएको खण्डमा मात्र गोलाप्रथाबाट सेयरधनी छनौट गर्नु पर्ने हुन्छ ।

...[कसरी संभव छ आईपीओमा आबेदन गर्ने सबैलाई कम्तिमा १० कित्ता सेयर ?]...

 

यस अर्थमा हिमालय पावरमा सेयर आवेदन गर्ने सबै आवेदकले १० कित्ता सेयर पाउने छन् । अनि मात्र धेरै कित्ताको विषय आउँछ । सेयर नपुगेर गोलाप्रथामा गएको खण्डमा कोही पनि लगानीकर्ताले १० कित्ताभन्दा धेरै सेयर पाउने छैनन् ।

अब पचहत्तरै जिल्लाबाट आस्बा प्रणालीको सहायताले यसरी गर्नुहोस् साधारण सेयरमा सजिलै आवेदन

 

यस अघि नै धितोपत्र बोर्डले संस्थागत लगानीकर्तालाई सेयर आवेदनमा बन्देज लगाइसकेको छ । यो व्यवस्थाले दुई लाख १० हजार तीनसय आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्न पुग्ने देखिन्छ । कम्पनीले २१ लख ३० हजार आठ सय ३४ कित्ता साधारण सेयर असार एक गतेदेखि पाँच गतेसम्म निष्काशन गरिरहेको छ ।

...[गैरआवासीय नेपालीले बनाएको २७ मेगावाट आयोजनाको आईपीओ बिक्री खुला]...

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।