साताको अन्तिम दिनको सेयर कारोबारले बनायो आशावादी

Jun 22, 2017 merolagani

निरन्तर ओरालो लागेको सेयरबजार लगातार दोस्रो दिन पनि उकालो लागेपछि लगानीकर्तामा केही आशा जगाएको छ । साताको अन्तिम दिन विहीबारको कारोबारमा सेयरबजार परिसूचक नेप्से सामान्य बढेको छ भने कारोबार रकममा समेत बढोत्तरी आएको छ ।

 

विहीबार नेप्से ४.८० अंकले बढेर १५५९.४९ विन्दुमा पुगेको छ । कारोबारमाविमा बाहेकका सबै समूह सकारात्मक रहेपछि बजार बढेको हो । यसदिन १३९ कम्पनीको ६७ करोड १८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको भन्दा २१ करोड बढी हो ।

यसदिन विमा समूह ३३ अंकले ओरालो लागेको छ । होटल,विकास बैंक, जलविद्युतको सूचक दोहोरो अंकले बढ्दा वाणिज्य बैंक, वित्त, उत्पादन र अन्य समूह एकल अंकले उकालो लागेका छन ।

विहीबारको सेयरबजारमा प्रभु बैंकको संस्थापक सेयर मात्रै १४ करोड बढीको कारोबार भयो । त्यस्तै एभरेष्ट बैंकको चार करोड बढीको सेयर किनबेच भयो ।

 

यसदिन युनाईटेड फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढीले उकालो लागेको छ । एभरेष्ट बैंक र गुडविल फाइनान्सको सेयरमूल्य पनि चार प्रतिशत बढीले उकालो लागेको छ ।

साताको अन्तिम दिनको कारोबारमा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतले ओरालो लागेको छ । त्यस्तै एभरेष्ट बैंक संस्थापक, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास लगायतका कम्पनीको सेयरमूल्य सेयरमूल्य घटेको छ ।

नेप्सेमा सुचिकृत भयो सवा चार करोड कित्ता सेयर, कुन कम्पनीको कति ?

सेञ्चुरी बैंकको ६५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।