रिलायवल डेभलपमेन्ट बैंक प्राप्ती गर्ने ग्लोवल आईएमईको प्रस्ताव पारित, असारभित्रै एकीकृत कारोबार थाल्ने

Jun 23, 2017 Merolagani

ग्लोबल आइएमई बैंक लिमीटेडको शुक्रबार सम्पन्न विशेष साधारणसभाले रिलायवल डेभलपमेन्ट बैंकलाई प्राप्तिको निर्णय गरेको छ । एक अर्ब एक करोड रुपैयाँ चुक्तापूँजी रहेको र बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबललाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो । 

उता रिलायवल डेभलपमेन्ट बैंकको शुक्रबार नै सम्पन्न भएको विशेष साधारणसभाले ग्लोबल आईएमईसँग प्राप्ती हुने सहमति जनाएको छ । साथै नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको स्वीकृति लिएर असार मसान्तभित्रै एकीकृत बित्तीय कारोबार थाल्ने तयारी साथ अगाडि बढेको ग्लोबल आइएमई बैंकले जनाएको छ । 

साधारणसभाले डिडिए प्रतिवेदनको सिफारिस अनुसार रिलायवल डेभलपमेण्ट बैंक लिमिटेडको एक सय कित्ता सेयरलाई ग्लोबल आइएमई बैंक लिमिटेडको ८२.९० कित्ता सेयर दिने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

रिलायवल गाभिएपछि ग्लोबल आइएमई बैंकको चुक्तापूँजी आठ अर्ब आठ करोड तीन लाख तथा ग्राहक संख्या ७ लाख भन्दा बढी पुग्नेछ । यसका साथै बैंकको शाखा संख्या ११२, एटिएम ११४, ५ एक्सटेन्सन काउण्टर र शाखारहित बैंकिङ्ग सेवाको संख्या ४६ पुुग्नेछ ।

बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।