एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार खुल्यो

Jun 29, 2017 merolagani

सूचना चुहाएको आशंकामा रोकिएको एभरेष्ट इन्स्योरेन्स (EIC) को सेयर कारोबार विहीबार खुला भएको छ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बोर्डको पत्रअनुसार इन्स्योरेन्सको सेयर कारोबार खुला गरेको जनाएको छ । इन्स्योरेन्सको अब विहीबार २० प्रतिशत बोनसपछि भएको समायोजन भएको २४४२ रुपैयाँबाट कम्पनीको सेयर कारोबार खुला हुनेछ । 

यसअघि बोनस, हकप्रद र साधारण सभा सम्बन्धि जानकारीहरु सार्वजनिक हुनु पहिले चुहावट भएको भन्दै बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशन दिए पछि असार ६ गते कारोबार बन्द भएको थियो ।

पाँच आर्थिक वर्षको साधारण सभा बोलाएको एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस र छ सय प्रतिशत हकप्रद प्रस्ताव गरेको थियो । उक्त सूचना सार्वजनिक हुनु पहिले नै बजारमा चुहावट भएको भन्दै धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको थियो ।

 

 

एभरेष्ट इन्स्योरेन्सले सूचना चुहाएको आशंकामा रोकियो सेयर कारोबार

एभरेष्ट इन्स्योरेन्सको बोनसपछिको सेयरमूल्य समायोजन,सेयर कारोबार भने बन्द

इन्स्योरेन्सको सेयर मूल्य समायोजन भए पनि भ्याटको विषयलाई लिएर सबै सेयर दलाल नेपाल धितोपत्र बोर्ड पुगेका कारण सेयर कारोबार हुन सकेको छैन ।

कमिशनबाट भ्याट असुल्ने कर कार्यालयको ताकेतापछि कारोबार बन्द गरेर धितोपत्र बोर्ड पुगे सेयर दलाल

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।