पूर्ण स्वचालित अनलाईन सेयर कारोबार प्रणालीको काम कहाँ पुग्यो ?

Aug 03, 2017 Merolagani

पूर्ण स्वचालित अनलाईन कारोबार प्रणालीको काम तिब्र रुपमा अघि बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार प्रणाली निर्माणको जिम्मा पाएको वाइको प्रालिले भदौ मसान्तसम्ममा कारोबार प्रणालीको प्रारुप तथा विविध पक्ष नेप्सेलाई बुझाउने भएको छ । 

मेरोलगानीसँगको कुराकानीमा नेप्सेका प्रवक्ता मुराहरी पराजुलीलले भने, ‘वाइकोले भदौसम्ममा अनलाइनले कसरी काम गर्छ भन्ने प्रष्ट चित्र सहितको बिस्तृत खाका हामीलाई बुझाउँछ । १४ महिनामा अनलाइन प्रणाली निर्माण सक्ने सम्झौता अनुसार कात्तिकमा उक्त खाका अनुसारको प्रणाली हामीलाई हस्तान्तरण गर्छ ।’

नेप्से प्रवक्ता पराजुलीका अनुसार कात्तिकमा प्रणाली पाए पछि बल्ल परिक्षण सुरु हुनेछ । सबै ब्रोकरमार्फत कारोबार चाप लगायत अन्य परिक्षण गर्ने काम केही समय चल्ने उनले बताए । सबै किसिमका परीक्षण पश्चात कुनै समस्या उत्पन्न हुँदैन भन्ने निश्चित भए पछि मात्र अनलाइन कारोबार प्रणाली कार्यान्वायनमा आउने उनले जानकारी दिए । 

कात्तिक २१ देखि अनलाइन आउने भनेर यस अघि भनिए अनुसार नै उक्त मितिबाट परीक्षण सुरु हुने उनको भनाई छ । परीक्षण कहिलेसम्म चल्छ भन्न अहिले नै यकिन हुन नसक्ने बताइएको छ ।

अनलाइन कारोबार प्रणालीका सम्बन्धमा नेप्से प्रवक्ता पराजुलीको भनाई बिस्तृतमा भिडियोमा हेर्नुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।