आरम्भ माइक्रोफाइनान्सले २ करोड ९४ लाख बराबरको आइपिओ जारी गर्ने

Oct 10, 2017 merolagani

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (AMFBSL) ले दुई करोड ९४ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले आगामी कात्तिक १८ गते हुने तेस्रो बार्षिक साधारणसभाबाट उक्त प्रस्ताव पारित गर्ने भएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरले कम्पनीका कर्मचारी समेतलाई गरी २ लाख ९४ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले  एन आई सी एशिया क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त आरम्भ माइक्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको मुख्यालय बनेपा १०, काभ्रेपलाञ्चोकमा रहेको छ । विगत २ वर्ष देखि सो संस्थाले नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा दिदै आएको छ ।

साथै कम्पनीले साधारणसभाबाट कार्यक्षेत्र विस्तार गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव समेत पारित गर्देछ ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।