लिबर्टी ईनजी कम्पनीले आइपीओ जारी गर्ने

Jan 14, 2018 merolagani

लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले सर्वसाधारण सेयर जारी गर्ने भएको छ । पौष ३० गते सम्पन्न कम्पनीको आठौं बार्षिक साधारण सभाले सर्वसाधारण (स्थानीय समेत) का लागि साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । 

यो कम्पनीले ३ वटा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीद्वारा निर्माणधिन लमजुङ जिल्लास्थित २५ मे.वा. क्षमताको दोर्दी “ए” जलविद्युत आयोजनाको २०७५ आश्विन मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

साथै कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मे.वा. क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्भेक्षण कार्य अघि बढाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

शेयर बजारको अस्वाभाविक राजनीति

Dec 15, 2018

- आनन्द कुमार भट्टराई।
मुलुकको शेयर बजार अहिले एकदमै तातेको अवस्थामा छ। चारैतिर यसकै चर्चा छ। एकथरि लगानीकर्ता विभिन्न माग राखि रिले अनसनमा छन् भने त्यसलाई सत्ता ईत्तर फक्षका विभिन्न घटकबाट सांकेतिक समर्थन पनि बढ्दो छ। वास्तवमा मुलुकको लागि यस्तो अवस्थामा किमार्थ पनि राम्रो मान्न सकिँदैन।