आशा लघुवित्त संस्थाले ३ करोडको आईपीओ निष्कासन गर्ने

Nov 15, 2017 merolagani

नुवाकोटको मदनपुरमा केन्द्रिय कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।



जसका लागि कम्पनीले आगामी मंसिर २३ गते हुने प्रथम वार्षिक साधारणसभामा आईपीओ निष्कासनको प्रस्ताव लग्ने भएको छ । साधारण सभाले आईपीओ निष्कासनको अख्तियारी सञ्चालक समितिलाई दिएपछि निष्कासनको प्रक्रिया अघि बढ्ने छ ।

राष्ट्रिय स्तरको यो लघुवित्त संस्थाको जारी पुँजी १० करोड रुपैयाँ रहेको छ । संस्थापक ७० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

साथै साधारणसभाले संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ

यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आयआर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पुयाउँदैआएको छ ।

 

----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।