तीन वटा वाणिज्य बैंकको आधार व्याजदर कति ? आयो नयाँ व्याजदर

Oct 24, 2017 Merolagani

ग्लोबल आईएमई बैंक, कुमारी बैंक र मेगा बैंककले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । असोज महिनाको आधार व्याजदरका आधारमा बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गरेरका हुन् । तीन वटै बैंकले आधार व्याजदरमा प्रिमियम थप गरी नयाँ व्याजदर कार्यान्वायनमा ल्याएका हुन् । यसको असर सामान्य व्यक्तिदेखि सेयर बजारमा पनि पर्नेछ ।

तीन वटै वाणिज्य बैंकको आधार व्याजदर १० प्रतिशतभन्दा माथि छ । यद्यपी विगत महिनाको तुलनामा  बैंकहरुको आधार व्याजदरमा केही गिरावट आएका कारण सेवाग्राहीले व्याजदरमा केही राहत पाउने छन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

ग्लोबल आईएमई बैंकले आधाार व्याजदरमा नै निश्चित प्रकृतिका कर्जा प्रवाह गर्ने भएको छ । उसले विभिन्न कर्जा योजना मध्येका केहीमा आधार व्याजदरमा अधिकतम ८ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा परिचालन गर्ने भएको छ । बैंकको आधार व्याजदर १० दशमलव ५४ प्रतिशत रहेको छ ।

ग्लोबल आईएमईले सरकारी ऋणपत्र धितो राखेर दिने कर्जा तथा स्पेशल एक्सपर्ट फाइनान्सिङ शिर्षकका कर्जामा आधार व्याजदर लागू गर्ने भएको हो । त्यसै गरी सेयर धितोकर्जामा पनि आधार व्याजदरदेखि ६ प्रतिशतसम्म प्रिमियम थप गरिने बैंकले जनाएको छ । अन्य किसिमका कर्जाहरुमा आधार व्याजदरमा ७ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकको सूचनामा उल्लेख छ ।

बैंकले लघुवित्त कर्जा तथा अन्य कर्जामा ५ देखि ८ प्रतिशतसम्म प्रिमियम थप गर्ने जनाएको छ । बैंकले बचततर्फ भने अधिकतम ८ प्रतिशतसम्मको व्याजदर निर्धारण गरेको छ । अधिकांस बचत शिर्षकमा बैंकले ३ देखि ४ प्रतिशतसम्म व्याजदर निर्धारण गरेको छ । मुद्धती बचतमा मात्र बैंकले ३ देखि ८ प्रतिशतसम्मको व्याजदर निर्धारण गरेको छ ।

त्यसै गरी कुमारी बैंकले पनि आधार व्याजदरमा ६ देखि ८ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा प्रवाह गर्ने सूचना प्रकाशित गरेको छ । बैंकको अशोज मसान्तको आधार व्याजदर ११.१५ प्रतिशत रहेको छ ।

कुमारी बैंकले बचततर्फ भने साधारण बचतमा अधिकतम ७ प्रतिशतसम्मको व्याजदर निर्धारण गरेको छ । मुद्धती बचतमा भने कुमारीले ६ देखि १० प्रतिशतसम्मको व्याजदर निर्धारण गरेको छ ।

उता मेगा बैंकले पनि आधार व्याजदरमा शुन्यदेखि १० प्रतिशत प्रिमियम थप गरी कर्जा प्रवाह गर्ने भएको छ । बैंकको अशोज मसान्तको आधार व्याजदर १० दशमलव ७२ प्रतिशत रहेको छ ।

मेगाले अधिकांस शिर्षकका कर्जाहरुमा ५ देखि ७ प्रतिशतसम्म प्रिमियम थप गर्ने सूचनामा उल्लेख छ । अन्य कर्जा तथा लघुवित्त कर्जामा बैंकले आधार व्याजदरमा शुन्यदेखि १० प्रतिशतसम्म प्रिमियिम थप गर्ने जनाएको छ ।

बचततर्फ मेगाले अधिकतम ९ प्रतिशतसम्मको व्याजदर निर्धारण गरेको छ । साधारण बचततर्फका सबै योजनाहरुमा बैंकले ६ दशमलव ५ प्रतिशत प्रतिशतको व्याजदर निर्धारण गरेको छ । । मुद्धती बचतमा भने समयावधि, योजना तथा बचतको रकमका आधारमा ५ देखि ९ प्रतिशतसम्म व्याज दिने भएको हो ।

आधार व्याजदरमा आएको गिरावटले बैंकहरुको व्याजदरमा पनि केही हदसम्म गिरावट आएको देखिन्छ । यसबाट पूँजी बजारका लगानीकर्ताका साथै आम नागरिकलाई राहत पुग्ने देखिन्छ । अब क्रमिक रुपमा अरु वित्तीय संस्थाले पनि व्याजदर घटाउँदै लैजाने भएकाले सबैलाई यसको सकरात्मक असर पर्ने देखिन्छ ।

 

नबिल बैंकको व्याजदरमा परिमार्जन, सेयर कर्जा व्याजदर कति घट्यो ?

बैंकहरुले धमाधम घटाउन थाले व्याजदर, सेयर बजारमा कस्तो पर्ला असर ? 

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।