एनएमबि बैंकको एफपीओ प्रकरण : राष्ट्र बैंक आफ्नो शर्तबाट पछि हट्ला कि नहट्ला ?

Oct 29, 2017 Merolagani

 - परमेश्वर अधिकारी
एनएमबि बैंक (NMB) काे एफपिअाे निष्कासन अन्याैलमा परेकाे छ । एफपिअाे निष्काशनका लागि बैंकले धिताेपत्र बाेर्डमा  दिएको आवेदन राष्ट्र बैंकले राखेको शर्तका कारण अन्यौलमा परेकाे हाे । राष्ट्र बैंकको शर्त फुकुवा भए मात्र एफपीओ स्वीकृत गर्ने भन्दै बाेर्डले बैंकलाई पत्राचार गरे पछि के होला भन्ने चासो चासो बढेको छ ।

यसरी बढ्यो एफपीओ नआउने सम्भावना

धितोपत्र बोर्डले एनएमबी बैंकलाई राष्ट्र बैंकले राखेको शर्त प्रतिकूल हुने गरि एफपीओ स्वीकृत हुन नसक्ने भन्दै सो सम्बन्धमा प्रष्ट पार्न पत्राचार गरेको थियो । तर, बैंकबाट कुनै जवाफ नआएको बोर्डले प्रष्ट पारेको छ । यता, एनएमबि बैंकका एक उच्च अधिकारीका अनुसार राष्ट्र बैंकले राखेको शर्त फुकुवा गराएर एफपीओ निष्काशनका लागि बाटो खोलिदिन राष्ट्र बैंकलाई आग्रह गरिएको छ । राष्ट्र बैंकले के निर्णय गर्छ भन्ने विषयले नै एफपीओ जारी हुने वा नहुने भन्ने निष्कर्ष आउने उनले मेरोलगानीसँगको कुराकानीमा बताए ।

के थियो राष्ट्र बैंकको शर्त ?

एनएमबि बैंकले केही समय अघि भृकुटी, पाथिभरा, क्लिन ईनर्जीलगायतका विकास बैंक र प्रुडेन्सियल फाइनान्सलाई आफुमा विलय गरेको थियो । उक्त विलय अघि एनएमबिमा नेदरल्याण्ड्सको एफएमओको १४ प्रतिशत हिस्सा थियो । तर मर्जरका कारण उसको हिस्सा ३ प्रतिशत हाराहारीमा सिमित हुन पुग्यो । राष्ट्र बैंकले उल्लेखित संस्थासँगको मर्जर तथा विलयलाई अन्तिम स्वीकृति दिँदा एफएमओको हिस्सा अनिवार्य रुपमा २० प्रतिशत हुनु पर्ने शर्त राखेको थियो । राष्ट् बैंकको सोही शर्त अनुरुप गत वर्ष एनएमबिले झण्डै ९५ लाख कित्ता संस्थापक सेयर एफएमओलाई प्रिमियममा बिक्री गरेको थियो ।

...[एनएमबि बैंकको विदेशी साझेदार एफएमओले प्रिमियम मूल्यमा किन्यो ९४ लाख कित्ता सेयर]...

 

समस्या कहाँ ?

एनएमबिले प्रस्ताव गरेको एफपीओ धितोपत्र बोर्डले स्वीकृत गरिदिने हो भने राष्ट्र बैंकले राखेको शर्त कार्यान्वायन हुँदैन । थप नयाँ सेयर निष्काशन गरे पछि बैंकमा एफएमओको हिस्सा घट्न जान्छ । जुन कुरा राष्ट्र बैंकको शर्त विपरित हो । यसै कारण धितोपत्र बोर्डले एफपीओ स्वीकृत गर्न राष्ट्र बैंकको सहमति खाजेको हो । सोही अनुसार एनएमबि बैंकले एफपीओ निष्काशनको प्रकृया सुचारु गराईदिन राष्ट्र बैंकसँग आग्रह गरेको हो । राष्ट्र बैंकले एनएमबिको आग्रहलाई स्वीकार गरेको खण्डमा मात्र धितोपत्र बोर्डले एफपीओ स्वीकृत गर्छ ।

के भन्छ राष्ट् बैंक ?

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

राष्ट् बैंकलाई एनएमबिको मर्जरका बेला आफुले राखेका शर्तहरु नै टाउको दुखाई भएको छ । पूँजी योजना आफैंले ल्याउनु, एफएमओको हिस्सेदारी २० प्रतिशत अनिवार्य गराउनुले राष्ट्र बैंकलाई आफ्नो शर्त निल्नु न ओकल्नु भएको हो । आफ्नो शर्तमा अडान लिँदा आफैंले अघि सारेको पूँजी योजनामा बैंकलाई नसघाएको आरोप खेप्नु पर्ने, शर्तमा परिमार्जन गरौं भने आफ्नो निर्णय कार्यान्वायन गराउन नसक्ने अवस्था राष्ट्र बैंकलाई आई लागेको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले एनएमबी बैंकबाट शर्त फुकुवा गराउन माग गरेको आवेदन प्राप्त भएको पुष्टि गरे । तर राष्ट्र बैंकले यस सम्बन्धमा कुनै निर्णय गरिनसकेको उनले जानकारी दिए । मेरोलगानीसँगको कुराकानीमा उनले भने, 'राष्ट्र बैंकमा यस सम्बन्धमा छलफल भइरहेकाे छ । अहिले नै यस्तो निर्णय हुन्छ भनेर बोल्न उपयुक्त हुन्न ।'

...[एनएमबी बैंक एक करोड १४ लाख कित्ता एफपीओ ल्याउन पुग्यो धितोपत्र बोर्ड]...

अब के होला ?

सबै आधारलाई हेर्ने हो भने राष्ट्र बैंक आफ्नो शर्तबाट पछि नहट्ने सम्भावन देखिन्छ । किनकी बैंकले एफएमओलाई संस्थापक सेयर बिक्री गर्दा प्राप्त भएको प्रिमियम बैंकको जगेडा कोषमा सञ्चित छ । एनएमबिसँग ४ अर्ब २६ करोड ९४ लाख ४० हजार रुपैयाँको जगेडा सञ्चित छ । बैंकले सोही जगेडाको सदुपयोग गरी चुक्ता पूँजी आठ अर्ब सहजै पुर्याउन सक्छ । जसले राष्ट्र बैंकको शर्त पनि कार्यान्वायन हुन्छ भने पूँजी योजना पनि कार्यान्वायन हुन्छ । यस आधारमा राष्ट्र बैंकले एफपीओको बाटो खुल्ला गर्ला भन्न सक्ने आधार छैन ।

गत आर्थिक वर्षको वित्तीय बिवरण अनुसार बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ । बैंकले धितोपत्र बोर्डमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता थप नयाँ सेयर निष्काशन गर्न आवेदन दिएको हो । उल्लेखित एफपीओ स्वीकृत भएको खण्डमा उसको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्छ भने प्रिमियम वातको सबै रकम जगेडा कोषमा जान्छ । त्यसपछि ३९ करोड ६८ लाख रुपैयाँ बराबरको मात्र बोनस बितरण गर्दा एनएमबिको चुक्ता पूँजी ८ अर्ब नाघ्छ । यो रकम एफपीओ पछि कायम हुने पूँजीको ६ प्रतिशत हाराहारी मात्र हुन आउँछ ।

तर राष्ट्र बैंकले एफपीओका लागि बाटो खुल्ला नगरेको अवस्थामा उसले ८ अर्ब पूँजी पुर्याउन १ अर्ब ५३ करोड २ लाख २६ हजार रुपैंया बराबरको बोनस अनिवार्य रुपमा बितरण गर्नुपर्ने हुन्छ । यो रकम हाल कायम चुक्ता पूँजीको २४ प्रतिशत हाराहारी हुन्छ । बैंकको गत वर्षको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६९ पैसा थियो ।

अब सर्वसाधारण लगानीकर्ताले बैंकको एफपीओ भर्न पाउँदा बैंकका सेयरधनीले ८ प्रतिशत हाराहारीमा बोनस पाउँछन् वा बैंकका सेयरधनीले २५ प्रतिशत हाराहारीको बोनस सेयर पाउँछन् भन्ने विषय राष्ट्र बैंकमा निर्णयमा भर पर्छ । बैंकको एफपीओ निष्काशनकर्ता नागरिकलगानी कोष रहेको छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।