झन झन सबल बन्दै नेपाल लाईफ, खुद नाफा तथा बीमा कोषमा उच्च बढोत्तरी

Nov 16, 2017 merolagani

नेपालमा संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा सबल देखिदै आएको नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले आफुलाई झन झन मजबुत बनाउदै लगेको छ ।कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरणले कम्पनीको बढ्दो प्रगतिलाई उजागर गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा १७ करोड ७४ लाख ख्ुद नाफा गरेको छ । यो मुनाफा गतबर्षको यसै अवधिको तुलनामा दुई सय प्रतिशत भन्दा धेरै हो । गतबर्षको यसै अवधिमा कम्पनीले ५ करोड ८९ लाख मुनाफा गरेको थियो ।

कम्पनीले हाल सार्वजनिक गरेको मुनाफा बीमाकींय मुल्यांकन भन्दा अगाडिको हो । बीमाकींय मुल्यकांकन पश्चात कम्पनीको वास्तविक नाफा अझै बढी हुनसक्छ ।

बीमा समितिले तोकेको भन्दा बढी चुक्तापूँजी पु्र्याएको कम्पनीको जगेडाकोष, वीमाकोष तथा महाविपत्तीकोष समेत मजबुत बन्दै गएको छ । तीन अर्ब ९ करोड चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ८६ करोड रुपैयाँ छ ।

त्यस्तै जीवन बीमा कोषको आकार समेत बढाउदै लगेको कम्पनीले जीवन बीमा कोषमा ४३ अर्ब ३६ करोड राखेको छ । भने महाविपत्तीकोषमा २६ करोड रुपैयाँ राखेको छ ।

कम्पनीले हालसम्म ५६ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने चालु आर्थिक बर्षको पहिलो त्रैमासमा मात्रै ३ अर्ब ८० करोड कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत बर्षको पहिलो त्रैमासको तुलनामा ४० प्रतिशतले बढी हो ।

कम्पनीको जीवन बीमा लेखको संख्या १० लाख ९४ हजार पुगेको छ । उसले यसअवधिमा एक अर्ब २० करोड दावी भुक्तानी गरेको छ भने ७६ करोड दावी भुक्तानी गर्न बाँकी छ ।

नेपाल लाईफको प्रति सेयर आम्दानी २२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६५ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य १६६६ रुपैयाँ रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।