सुधारको बाटोमा प्राइम लाइफ, नाफामा उच्च बढोत्तरी

Nov 16, 2017 merolagani

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विगतको भन्दा केही आशा लाग्दो वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार उसको वीमा शुल्क आर्जनका साथै नाफामा समेत उच्च बढोत्तरी आएको छ ।



कम्पनीले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा ६ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७९ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले गतबर्षको यसै अवधिको तुलनामा ९ करोड बढी बीमा शुल्क आर्जन गरेको छ । असोजसम्म कम्पनीले ४६ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा ३७ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले ४ करोड ७४ लाख रुपैयाँ मात्र दाबी भुत्तानी गरेको छ । गतबर्ष यसै अवधिमा कम्पनीले ७ करोड ८२ लाख रुपैयाँ दाबी भुत्तानी गरेको थियो ।

चुक्ता पुँजी ६१ करोड रुपैयाँ भएको यस कम्पनीको बीमा कोष ५२ करोड छ भने जगेडा कोषमा ९ करोड र महाविपत्ती कोषमा करिव ८ करोड रुपैयाँ रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।