सानिमा बैंक र एक्सिस बैंक भारत बिच रेमिट्यान्स सम्झौता

Nov 16, 2017 merolagani

सानिमा बैंक लिमिटेड(SANIMA) र एक्सिस बैंक बिच भारत-नेपाल रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र एक्सिस बैंकको तर्फबाट वित्तिय संस्था समुहका प्रमुख अशोक गौतमले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत भारतबाट पठाएको रकम सानिमा बैंकको ४७ शाखा लगायत नेपालभरि ७ हजार भन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ ।

भारतबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा जम्मा गर्न पनि सकिनेछ ।
आन्तरिक रेमिट्यान्स सेवाको साथै सानिमा एक्सप्रेसले यू.ए.ई, कतार, यू.के, कोरिया लगायत विश्वभरिबाट एक्सप्रेस मनिको सहकार्यमा रेमिट्यान्स सेवा दिदै आइरहेको छ । सानिमा बैंकले छिटै आफनो रेमिट्यान्स सेवा अरु देशहरुबाट पनि संचालनमा ल्याउने तयारी गरीरहेको छ ।

यस सम्झौता अनुरुप सानिमा बैंक मार्फत सजिलो र भरपर्दाे माध्यमबाट भारतमा बस्ने नेपालीहरु रेमिट्यान्स सेवा लिन सक्नेछन ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।