पुर्व अर्थमन्त्रीहरु कसको मतपरिणाम कस्तो ?

Dec 08, 2017 Merolagani

पटक पटक अर्थमन्त्रीको रुपमा अनुभव संगालेका नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका अर्थमन्त्री रामशरण महत अहिले कमजाेर देखिएका छन् । उनी बाम गठबन्धनका उममेदवार हितबहादुर तामाङभन्दा ११ सय मतले पछाडि परेका छन् । हितमानले ६१६४ मत प्राप्त गर्दा महतले ५०९७ मत प्राप्त गरेका छन् ।

 

गोरखा क्षेत्र नम्बर १ बाट बाम गठबन्धका मुख्य प्रतिस्पधी बनेका पुर्व अर्थमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका बाबुराम भट्राईले १ हजार ५९० ले लिड गर्दे ११ हजार ३३९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठले ९ हजार ७४९ मत प्राप्त गरेका छन् ।

  

 

उता मोरङ्ग क्षेत्र नं ६ बाट प्रदेश सभाको उम्मेदवार बनेका पुर्व अर्थमन्त्री महेश आचार्य १४०० मतले बाम गठबन्धका उम्मेदवार अमनलाल मोदीभन्दा पछाडि रहेका छन् । मोदीले ३ हजार ९९९ मत प्राप्त गर्दा महेश आचार्यले २ हजार ५९९ मत ल्याएका छन् ।

 

 

अर्का अर्थमन्त्री कृष्णबहादुर महराले ५ सय मतले लिड गरेका छन् । महराले उनका मुख्य प्रतिस्पर्धी रहेका राजु खनालको भन्दा ५०९ मतले अगाडि बढ्दै १५८२ मत प्राप्त गरेको छन् ।

अर्का पुर्वअर्थमन्त्री पशुपति शमसेर राणा प्रदेश नम्बर ३ सिन्धुपाल्चोकबाट निर्वाचन प्रतिस्पर्धामा रहेका छन् । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शेरबहादुर तामाङले राणालाई २ हजार १७२ मतले पाडि छाडेका छन् । शेरबहादुरले १६ हजार ८२० मत ल्याउँदा राणाले १४ हजार ६४८ मत प्राप्त गरेका छन् ।

 

 

पुर्वअर्थमन्त्री रहेका वर्षमान पुनले ३ हजार ४०२ मतले लिड गरेका छन् । पुनले मुख्य प्रतिस्पर्धी अमरसिंह पुनलाई फराकिलो मत अन्तरले पछाडि छाडेका छन् । अमरसिंह पुनले ३ हजार २५१ मत ल्याउँदा बर्षमान पुनले ६ हजार ६५३ मत ल्याएका छन् ।

उता एमाले नेता तथा पुर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल प्रदेश नम्बर र ५ रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्देछन् । उनीसँग कांग्रेसका युवराज गिरी मुख्य प्रतिस्पर्धी रहेका छन् । पाैडेले १ हजार ७२६ मत ल्याउँदा गिरीले ७२४ मत प्राप्त गरेका छन् ।

प्रदेश नम्बर ३ अन्र्तगत चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लडिरहेका अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डे कांग्रसेका राजेन्द्रप्रसाद बुर्लाकोटीका मुख्य प्रतिस्पर्धी रहेका छन् । तीन क्षेत्र रहेको चितवनमा कुनै पनि क्षेत्रको मतगणना हुन सकेको छैन ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रदेश नम्बर एक सुनसरीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्दैछन् । उनको बाम गठबन्धका तर्फबाट रमेश श्रेष्ठसँग मुख्य प्रतिस्पर्धा रहेको छ । यस ठाउँको गतगणना अझै सुरु हुन सकेको छैन ।

 

मत गणना जारी रहेकाे हुँदा समाचारमा उल्लेख गरिएकाे तथ्याङ्कमा परविर्तन हुन सक्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।