काबेली विकास बैंक र माउण्ट मकालुले बोलाए विशेष साधारण सभा

Dec 14, 2017 Merolagani

काबेली विकास बैंक र माउण्ट मकालु डेभलपमेन्ट बैंकले पुस १० गते विशेष साधारण सभा बोलाएका छन् । काबेली विकास बैंकले माउण्ट मकालूलाई प्राप्ती गर्ने भएपछि दुबै बैंकले सो सम्बन्धि प्रस्ताव पारित गराउन विशेष साधारण सभा डाकेका हुन् ।

काबेलीले चिप एण्ड बेष्ट बेकरी धनकुटामा ११ बजे तथा माउण्ट मकालुले बसन्त माविको सभाहल तेह्रथुममा विहान १०:३० बजे विशेष साधारण सभा बोलाएका छन् ।

विशेष साधारण सभामा माउण्ट मकालुको एक सय कित्ता सेयर बराबर काबेली विकास बैंकको ८८ कित्ता सेयर  लिने/दिने गरि डिडिए प्रतिवेदन अनुसार कायम भएको स्वाप आदानप्रदान अनुपात प्रस्ताव पारित गर्ने रहेकाे छ ।

विशेष साधारण सभामा राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न ११८ प्रतिशत (१ बराबर १ दशमलव १८) हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने र हकप्रद जारी गर्न आवश्यक प्रकृया अगाडि बढाउने प्रस्ताव समेत छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

 

अन्य प्रस्तावमा डिडिए प्रतिवेदन पारित गर्ने, संयुक्त मर्जर समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने, र एक्वायरको अन्तिम स्वीकृति प्रदान गर्ने, लेखापरिक्षक नियुक्ति र पारश्रमिक अनुमोदन गर्ने रहेका छन् ।

त्यस्तै दुबै संस्था एक भएपछि बैंकको चुक्ता पूँजी ५० करोड ३५ लाख ९३ हजार ४३२ रुपैयाँ जारी तथा चुक्क्ता पूँजी ५१ करोड रुपैयाँ हुनेगरि प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, र नियमनकारी निकायबाट आएको आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेका छन् ।

अन्य प्रस्तावहरुमा दुबै संस्था प्राप्ती गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त हुने निर्देशनहरु पालना गराउने र आवश्यक अन्य कार्यका लागि अख्तियारी प्रदान गर्ने तथा बैंकको कार्यक्षेत्र विस्तार गरि तीन जिल्ला कायम गर्ने लगायतको रहेको छ ।

दुबै बैंकले पुस ४ गतेदेखि बुक क्लोज गर्ने भएकाले पुस ३ गतेसम्म कायम रहेका सेयरधनीहरुले प्रतिनिधित्व गर्न पाउनेछन् ।

राष्ट्र बैंकबाट दुबै संस्था प्राप्ती गर्ने सम्बन्धमा असार २० गते सैद्धान्तिक सहमति भईसकेको छ । एक्वीजिशनपछि बन्ने संस्था काबेली विकास बैंक नै रहनेछ भने प्रधान कार्यालय धनकुटा नै रहने सहमतिमा उललेख रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।