बाफियाले बाहिरीएका इच्छाराज तामाङ सिभिल बैंकको अध्यक्षमा पुन: नियुक्त

Dec 20, 2017 merolagani

सिभिल बैंक (CBL)  संचालक समितिको पुस ३ गते बसको बैठकले इच्छाराज तामाङलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ । बैंक संचालक समितिले अध्यक्ष रहेका अम्बिर बोगटीको राजिनामा स्वीकृत गर्दे तामाङलाई पुन अध्यक्षमा नियुक्त गरेको हो ।



बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) ले सांसदहरु बैंकको सञ्चालक रहन नपाउने ब्यवस्था गरेपछि तत्कालीन अध्यक्ष तामाङले सिभिल बैंकको अध्यक्षबाट राजिनामा दिएका थिए । बाफिया लागू हुँदा तामाङ एमालेको समानुपातिक कोटाबाट सांसद रहेको थिए । अहिले उनी सांसद छैनन् । 

तामाङले छाडेपछि बैंकले अम्बिर बोगटीलाई नयाँ अध्यक्ष नियुक्त गरेको थियो ।

बैंकको पाँचौं बार्षिक साधारण सभाबाट संस्थापक लगानीकर्ताको समूहबाट ईच्छाराज तामाङ, अम्बीर बोगटी, प्रकाश तायल, रीता श्रेष्ठ र विनोद लाल श्रेष्ठलाई सञ्चालकमा निर्विरोध निर्वा्चित गरेको थियो ।

तामाङ सिभिल बैंकका सस्थापक अध्यक्ष समेत हुन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।