आरएसडिसी लघुवित्तको लिलामी सेयर बाँडफाँड, संस्थागतकै पल्ला भारी

Jan 09, 2018 Merolagani

तीर्थराज पौड्याल

आरएसडीसी लघुवित्त(RSDC) ले पुस ११ गतेदेखि १८ गतेसम्म लिलामी गरेको सेयरको बोलपत्र विक्री प्रबन्धक एनआईबिएल क्यापिटल लाजिम्पाटमा मंगलबार खुला गरिएको छ । लघुवित्तको लिलामी सेयरको धेरै हिस्सा भने संस्थागत आवेदकले सकारेका छन् ।

एनआईबिएल क्यापिटलले दिएको जानकारी अनुसार साधारण सेयरको प्रारम्भिक कटअफ मूल्य ८०३ रुपैयाँ कायम भएको छ । लघुवित्तको सेयरमा ८०३ रुपैयाँमा बोलपत्र पेश गरेका लगानीकर्ताले मागेजति नै सेयर पाएका छन् भने ८०२ रुपैयाँमा आवेदन गर्नेले समानुपातिक रुपमा सेयर प्राप्त गरेका छन् । यो प्रारम्भिक तथ्याङ्क भएकोले अन्तिम नतिजा आउँदा भने केही परिवर्तन पनि आउनसक्ने क्यापिटलको भनाई छ ।

लघुवित्तले लिलामीमा ल्याएको ९३ हजार २७ कित्ता साधारण सेयरका लागि अधिकतम १३०० रुपैयाँसम्मको आवेदन परेको छ । रावत थारुले एक सय कित्ता सेयरका लागि सो रकम खर्चिएका हुन् ।

लघुवित्तको संस्थागत लगानीकर्ताको तर्फबाट आवेदन गरेको प्रभु क्यापिटलले ९९९ रुपैयाँमा पाँच हजार कित्ता सेयर हात पारेको छ । ग्लोबल आईएमई क्यापिटलले ११२० रुपैयाँ २१ पैसामा दुई हजार, क्यापिटलको व्यवस्थापनमा सञ्चालित ग्लोबल आईएमई समुन्नत योजनाले ११०६ रुपैयाँ ७५ पैसामा पाँच हजार कित्ता सेयर प्राप्त गरेको छ ।

त्यस्तै एनआईबिएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित प्रगति फण्ड र समृद्धि फण्डले ९०९ रुपैयाँ ०९ पैसामा २७५० कित्ताका दरले प्राप्त गरेका छन् । व्यक्तिगत आवेदकले थोरै कित्ताको माग बढी मूल्यमा माग पर्दा संस्थागत लगानीकर्ताले माग अनुसार नै धेरै कित्ता हात पार्न सफलता मिलेको हो ।

व्यक्तिगत लगानीकर्ताको तर्फबाट रत्न चौधरीले ८० हजार कित्ता सेयर माग गरेपनि ज्यादै न्यून मूल्य १०१ रुपैयाँमा बोलपत्र पेश गरेकाले प्राप्त गर्न सकेनन् ।



उता लघुवित्तको एक लाख दुई हजार ६८० कित्ता संस्थापक लिलामीमा १३ वटा बोलपत्र पेश भएकोमा ४ जनाले सेयर प्राप्त गरेका छन् । संस्थापक समूहको सेयरका लागि अधिकतम २०० रुपैयाँसम्म आवेदन परेकोमा १३० रुपैयाँ कटअफ मूल्य निर्धारण भएको क्यापिटलले जनाएको छ ।

लघुवित्तले गत असोज २ देखि कात्तिक २० गतेसम्म हकप्रद बिक्री आब्हान गर्दा अवितरित सेयर लिलामीबाट बिक्री गरेको हो । चालु आर्थिक बर्षको प्रथम त्रैमासमा आरएसडिसीले ५६ लाख ८५ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७७ पैसा छ ।

लघुवित्तको सेयर मंगलबार प्रतिकित्ता ११८५ रुपैयाँमा कारोबार भएको छ । यस अाधारमा कटअफ मूल्यमा सेयर प्राप्त गर्ने लगानीकतार्ले प्रतिकिोा सेयरमा ३८२ रूपैयाँसम्म कमाएका छन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।