उन्नती माइक्रोफाइनान्सकाे आईपिओ बाँडफाँडको अन्तिम तयारी, कहिले हुँदैछ बाँडफाँड ?

Feb 07, 2018 Merolagani

उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (UMBSL) ले पुस २१ गतेदेखि २५ गतेसम्म निष्काशन गरेको आईपिओ बाँडफाँडको अन्तिम तयारी गरेको छ । कम्पनीको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आईपिओ बाँडफाँडको पूर्व बाँडफाँडको प्रारुप तयार गरेको जनाएको छ ।

आईपिओ बाँडफाँड गर्नुभन्दा तीन दिन अगाडि धितोपत्र बोर्डले सेयर निष्काशन तथा विक्री प्रबन्धकले पूर्व बाँडफाँड स्वरुप तयार पारेर धितोपत्र बोर्डमा पेश गर्नुपर्ने प्रावधान छ । सोही अनुरुप कम्पनीले बाँडफाँडको स्वरुप तयार पारेको हो । 

यसअनुसार सिद्धार्थ क्यापिटलले लघुवित्तको सेयर शुक्रबार बिहान बाँडफाँड गर्ने भएको छ । उन्नतीले निष्काशन गरेको साधारण सेयरमा दुई लाख ४९ हजार बढी आवेदकबाट ८० करोड रुपैयाँ बढी आवेदन गरेका छन् ।

कुल निष्काशित एक लाख ६५ हजार कित्तामध्ये चार प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर कर्मचारीलाई र पाँच प्रतिशत अर्थात ८ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको एक लाख ५० हजार १५० कित्ता सेयर भाग्यमानी १५ हजार १५ जना सर्वसाधारलाई गोलाप्रथाद्धारा १० कित्ताका दरले सेयर वितरण हुनेछ ।

कुल आवेदकमध्ये ६ प्रतिशत अर्थात एक सय जना आवेदकमध्ये ६ जना भाग्यमानीले मात्र लघुवित्तको सेयर प्राप्त गर्नेछन् भने ९४ जनाको हात खाली हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।