उन्नतिकाे आईपिओ बाँडफाँड, दुई लाख २९ हजार ४१२ जनाकाे हात खाली

Feb 09, 2018 Merolagani

दुई हजार ४६७ आवेदन रद्ध

उन्नति माइक्रोफाइनान्सले पुस २१ गतेदेखि २५ गतेसम्म खुला गरेको साधारण सेयर शुक्रबार बाँडफाँड भएको छ । सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकाे कार्यालयमा शुक्रबार विहान अाइपिअाे बाँडफाँड गरिएको हो । मेरोलगानीको आंकलन अनुसार नै ६.१४ प्रतिशत आवेदकले मात्र सेयर प्राप्त गरेका छन् ।

लघुवित्तको साधारण सेयर माग गरेका कुल दुई लाख ४६ हजार ८९४ जनामध्ये दुई हजार ४६७ आवेदन रद्ध भएको छ ।

बाँडफाँड प्रकृयामा दुई लाख ४४ हजार ४२७ जनालाई सहभागि गराइएको थियो । यी मध्ये १५ हजार १५ जना सर्वसाधारणलार्इ गोलाप्रथाबाट १० कित्ताका दरले एक लाख ५० हजार १५० कित्ता सेयर बाँडफाँड गरिएको छ।

लघुवित्तको सेयरमा ५२.३८ गुणा बढी रकमको आवेदन परेकाले योग्य आवेदकमध्ये दुई लाख २९ हजार ४१२ जनाले सेयर प्राप्त गर्न सकेनन् । त्यस्तै आवेदन प्रकृयामा भएको विविध त्रुटीका कारण दुई हजार ४६७ लगानीकर्तालाई बाँडफाँड प्रकृयामा सहभागि गराउन नसकिएको क्यापिटलले जनाएको छ ।

उन्नतिले निष्काशन गरेको कुल एक लाख ६५ हजार कित्ता सेयरमध्ये चार प्रतिशत अर्थात ६६०० कित्ता सेयर कर्मचारी र पाँच प्रतिशत अर्थात ८२५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको माइक्रोफाइनान्सले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत १० जिल्लाका २७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दे आएको छ ।

तीन करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको उन्नति माइक्रोफाइनान्सको आइपीओपछि चुक्तापुँजी ५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

गत आर्थिक वर्षमा एक करोड ६९ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको उन्नतिले चालू आवको प्रथम त्रैमासमा ४५ लाख १० हजार रूपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक ४४ रुपैयाँ २ पैसा छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।