राष्ट्र बैंकमा खूल्यो जागिर खाने अवसर

Feb 23, 2018 Mrolagani

एकदमै आर्कषक जागिर मानिने नेपाल राष्ट्र बैंकमा ठूलो संख्यामा कर्मचारीकाे अभाव भएकाे छ । केन्द्रीय बैंकले विभिन्न पदमा गरि एकैपटक कूल एक सय ५१ जना जनशक्ति माग गरेको छ । यसै पनि अन्य स्थानमा भन्दा यस स्थानमा पाइने सेवा सुविधा र वैदेशिक भ्रमणकाे अवसरले नलाेभिने कमै हुने गर्दछन् । 

राष्ट्र बैंकको जनशक्ति व्यबस्थापन विभागले बिहीवार एक सूचना प्रकाशित गरी सहायक निर्देशक पदमा अधिकृत तृतीय श्रेणीतर्फ प्रशासन सेवामा ४५ जना, सहायक पदमा सहायक द्वितीय श्रेणीतर्फ प्रशासन सेवामा ९६ जना र सहायक पदमा नै सूचना प्रविधि श्रेणीतर्फ प्राविधिक सेवामा १० जनागरी कूल एक सय ५१ जनाको लागि दरखास्त आह्वान गरेको हो ।

अनलाइन दरखास्त फाराम फागुन ११ गतेदेखि चैत्र १ गतेसम्म अनलार्इन अावेदन बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ । दोब्बर दस्तुर तिरेर चैत्र ८ गतेसम्म बुझाउन सकिने केन्द्रीय बैंकले जनाएको छ । अावेदन गर्न बैंककाे वेभसाइट www.nrb.org.np मा गएर Career @ NRB  भित्र गर्इ त्यहाँ राखिएकाे निर्देशन अनुसार भर्न सकिने राष्ट्र बैंकले जनाएकाे छ ।

सहायक निर्देशक पदका लागि अर्थशास्त्र, वा व्यवस्थापन वा बाणिज्यशास्त्र, वा जनप्रशासन विषयमा स्नातकोत्तर सरह परिक्षा उतिर्ण गरेको हुनुपर्नेछ । सहायक प्रशासन पदका लागि दश जोड दुई वा सो सरहको परिक्षा उत्तिर्ण हुनुपर्ने मापदण्ड छ ।

सहायक सूचना प्राविधि पदका लागि कम्युटर इलेक्ट्रोनिक्स् हार्डवेयर इन्जिनियरिङ्ग विषयमा तीन बर्षे डिप्लोमा उत्तिर्ण गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

उमेर हद, परिक्षाका लागि लाग्ने दस्तुर, बुझाउने प्रकृया, परिक्षा प्रणाली, तलब भत्ता, र आवेदन प्रकेयाका लागि तलको पिडिएफ अध्ययन गर्नुहोस्


comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।