३९० शाखा अधिकृत पदमा जागिर खुल्याे

Dec 13, 2017 merolagani

सरकारी जागिर खान चाहनेहरुका लागि राम्रो अवसर खुलेको छ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक खुला एवं समावेशी शाखा अधिकृतको लागि एकै पटक ३९० पदको लागि दरखास्त खुल्ला भएको छ । आयोगले बुधबारको गोरखापत्रमा यस सम्वन्धि सूचना प्रकासित गरेको छ ।

व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेकामा खुला तर्फ २०६ पद र महिलाका ५९ पदमा दरखास्त खुला गरिएको छ । समावेशीतर्फ आदिवासी,जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि विभिन्न कोटा तोकेको छ ।

अनलाइनबाटै दरखास्त फारम भर्न सकिने छ । दरखास्त आगामी पुस १८ गतेसम्म दिन पाइने छ । दोब्बर दस्तुरमा पुस २५ गतेसम्म पनि दरखास्त दिन सकिनेछ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।