सगरमाथा इन्स्योरेन्सको एकैदिन ९ शाखा विस्तार, ३०% ले बढ्यो व्यवसाय

Mar 15, 2018 Merolagani

सगरमाथा इन्स्योरेन्स कम्पनी व्यवसाय प्रवर्द्धनको आक्रमक रणनीति अख्तियारी गरेको छ । कम्पनीले चैत्र १ गते नै ६ शाखा तथा ३ उपशाखा सञ्चालनमा ल्याएको छ । बीमा सेवाको पहुँचलाई देशका ग्रामीण क्षेत्रसम्म पु-याउने उदेश्यका साथ आफ्नो सेवालाई बिस्तार गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले बाराको सिमरा, सुनसरीको धरान, पोखराको लेखनाथ, रुपन्देहीको मनिग्राम, सल्यानको श्रीनगर र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा तथा चितवनको टाँडी, पाल्पाको तानसेन र रुकुमको मुसिकोटमा उपशाखा कार्यालयहरु एकसाथ सञ्चालनमा ल्याएको हो ।

कम्पनीले हाल प्रधान कार्यालय सहित ७ वटै प्रदेशका ३६ जिल्लाहरुमा ४८ वटा शाखा/उपशाखा तथा एक्सटेन्सन काउन्टर कार्यालय मार्फत निर्जीवन बीमा सेवा प्रदान गर्दै आएकोमा अब कार्यालयको संख्या ५७ पुगेको छ ।

चालू आर्थिक वर्षको अन्त्य सम्ममा थप १० वटा शाखा-उपशाखा तथा एक्सटेन्सन काउन्टर स्थापना गरी ६७ वटा कार्यालय मार्फत बीमा सेवा प्रदान गर्नेे लक्ष्य लिएको छ ।

कम्पनीका संचालक पद्म ज्योति र प्रमूख कार्यकारी अधिकृत चंकी क्षेत्रले बारा जिल्लाको सिमरा स्थित नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटनलाई सम्बोधन गर्दै संचालक ज्योतिले नेपालका सबै समुदायका जनमानसमा बीमा सेवा पु-याउने उदेश्य कम्पनीको रहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी ढंगबाट बीमा सेवा बिस्तार गर्ने बताए ।

शाखा स्थापना भएसँगै त्यस क्षेत्रका उद्योगी व्यापारीहरुले स्थानीय रुपमा सहज बीमा सेवा प्राप्त गरि आर्थिक जोखिमलाई बीमा कम्पनीमा हस्तान्तरण गर्न पाएका छन् ।

३० प्रतिशतले बढ्यो व्यवसाय

सगरमाथा इन्स्योरेन्सको चालु आर्थिक बर्षको आठ महिना अर्थात् फागुन मसान्तसम्ममा ३० प्रतिशतले व्यवसाय विस्तार गरेको छ ।  नेपालको बीमा क्षेत्रमा अग्रणी कम्पनीको रुपमा आफुलाई स्थापित गर्दै आएको कम्पनीले एक अर्ब बढी बीमाशूल्क संकलन गरी सकेको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए ।

त्यस्तै कम्पनीले बीमा दाबीतर्फ फागुन मसान्तसम्ममा २ हजार ७८६ वटा दाबी फर्स्याैट गर्दै करिव ७८ करोड रुपैयाँ ग्राहकहरुलाई दाबी भुक्तानी गरीसकेको जनाएकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।