सेयर बजारमा दुई दिन झण्डै अर्बको कारोबार, कारोबार कित्तामा नयाँ रेकर्ड

Apr 09, 2018 Merolagani

सेयर बजार परिसूचक नेप्सेमा सामान्य करेक्सन आएपनि सोमबार पनि कारोबार रकमले भने राम्रो साथ दिएको छ । आइतबार पाँच बर्षयताकै धेरै २३ लाख १२ हजार कित्ता सेयर कारोबार भएकोमा सोमबार ३ लाख बढेर २६ लाख २७ हजार कित्ता सेयर कारोबार भएको छ । आइतबारकाे ४४ अंकले बढेको नेप्सेमा सोमबार भने ६.८७ अंकको करेक्सन आएर १२८७ दशमलव ७८ अंकमा बन्द भएको छ । 

 

सोमबार १६९ कम्पनीको २६ लाख २७ हजार ८३२ कित्ता कारोबारबाट ९४ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । आइतबार लामो समयपछि बजारमा ठूलो उछाल आएपछि लगानीकर्ता उत्साहित हुँदा सोमबार त्यसको प्रभावले  साेमबार कारोबार रकम बढेको हो । बैंक अफ काठमाण्डूको १२ करोड बढीको संस्थापक सेयर कारोबारले पनि कारोबार रकम उत्साहप्रद बन्न सहयाेग पुगेको छ ।

कारोबारमा आएको अन्य उप-समूह बाहेक बाँकी सबै उपसमूहमा गिरावट देखिएको छ । बाणिज्य बैंक ५.७३ अंक, बीमा २९.९३ अंक तथा सबैभन्दा बढी घटेको होटल्स उप-समूह ३६.७४ अंकले नकारात्मक रह्यो ।

चैत्र मसान्त नजिकिँदै गर्दा विगतमा बर्षहरुमा पनि सेयरबजारमा सुधार आउने गरेको देखिन्छ । कम्पनीहरुले तेस्रो त्रैमासिक प्रतिवेदन प्रकाशित गर्ने मिति नजिकिँदै जाँदा लगानीकर्ताले कम्पनी छनौट गरि राम्रा कम्पनीमा लगानी बढाउने गरेका छन् । यो समय नयाँ लगानीकर्ता बजार पस्ने गरेको देखिन्छ ।

ठूला लगानीकर्ताको बजारमा प्रवेश, नयाँ लगानीकर्ता बजारप्रति आकर्षक हुनु, म्युचुअल फण्डहरुको बजार प्रवेश, प्रधानमन्त्री ओलीको भारत भ्रमणको प्रभाव, सरकारी खर्च बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थामा पनि तरलताको अवस्था सहज हुँदै जानुले सेयरबजारमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । जसले साताकाे दाेस्राे  काराेबार दिनमा पनि काराेबार रकम बढ्न पुगेकाे छ ।

यसदिन बैंक अफ काठमाण्डूको सबैभन्दा धेरै १२ करोड बढीको संस्थापक सेयर कारोबार भएको छ । नबिल बैंककोे ३ करोड ५५ लाख रुपैयाँको करोबार भयो । त्यस्तै बुटवल पावर, स्ट्याण्डर्ड चार्टर्ड, प्रभु इन्स्योरेन्स, र नेपाल लाइफको दुई करोड बढीको सेयर खरिदविक्री भएको छ । एभरेष्ट बैंक, नेपाल बैंक, चिलिमे हाईड्रोपावर र नेपाल इन्स्योरेन्स कम्पनी पनि करोड बढी कारोबार हुने शिर्ष १० कम्पनीभित्र समेटिएका छन् ।

अन्तिम समयमा सेयरबजारमा गिरावट आउँदा कारोबारमा आएका १६९ कम्पनी मध्ये ९९ कम्पनीको सेयरमूल्य घटेको छ भने ५२ कम्पनीका सेयरधनीले मात्र कमाएका छन् । सिर्जना फाइनान्स, सूर्याेदय लघुवित्त र काबेली विकास बैंकको सेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ । नेपाल इन्स्योरेन्स, नेशनल माइक्रोफाइनान्स, एनआईबिएल समृद्धि फण्ड, स्वेदेशी लघुवित्त र सहयोगी विकास बैंकको सेयरधनीले पाँच प्रतिशत बढीले कमाएका छन् ।

 

उता समस्याग्रस्त संस्थाबाट मुक्त भएको कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरमूल्य १० प्रतिशतले घटेको छ । आईतबार २० प्रतिशत नगद लाभांश घोषणा बुटबल पावरको सेयरमूल्य ६ प्रतिशतले घट्दा एनएमबि माइक्रोफाइनान्स, कालीका माइक्रोक्रेडिट, सगरमाथा र मिर्मिरे माइक्रोफाइनान्सको लगानीकर्ताले पाँच प्रतिशत बढीले गुमाए ।

साेमबार  लगानीकर्ताकाे कूल सम्पत्ती मापन गर्ने समग्र बजार पूँजीकरण १५ खर्ब ९ अर्बमा संकुचन भएकाे छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।