प्रदेशस्तरबाटै आयो अनलाईन कारोबार र ब्रोकर संख्या बढाउनुपर्ने माग

Apr 26, 2018 Merolagani

७ नं प्रदेशले स्थानीय ऋणपत्र जारी गर्ने
प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले लगानी प्रवर्द्वनका लागि प्रदेशमा सेयर दलाल कार्यालय (ब्रोकर संख्या) थप्नुपर्ने बताएका छन् । बुधवार धनगढीमा आयोजित पूँजीबजार सम्बन्धी लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दे बोहराले साे कुरा बताएका हुन् ।

अर्थमन्त्री बोहराले आफ्नो प्रदेशले स्थानीय ऋणपत्र जारी गर्ने गृहकार्य गरिरहेको जानकारी दिँदै लगानीकर्ता आकर्षित गर्न लगानीमैत्री कार्यक्रम बजेटमा समेटेको बताए । उनले लगानी भित्र्याउन र लगानीमैत्री वातावरण निमार्णमा आफुले कुनै कसर बाँकी नराख्ने बताए । 

पूँजी बजारलाइ विश्वासनिय बनाउन र लगानीमैत्री वातावरण निमार्णका लागि नियामक निकायले नीति निमार्ण गर्दा नै विशेष जोड दिनुपर्ने बताए । उनले भने ‘प्रदेश नम्बर सातमा ब्रोकरको संख्या बढाउँदै सर्वसाधारणलाइ समेत पूँजी बजारतर्फ आकर्षित गर्न आवश्यक छ ।’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले लगानी प्रर्वद्धनका लागि प्रदेश स्तरीय कार्यालयहरु स्थापना गर्न सकारात्मक रहेको बताए ।

यसैगरी नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आएपछि बजारको पहुँच विस्तार हुने बताउँदै छिट्टै कार्यान्वयनमा ल्याइने बताए ।

नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, र सिडिएस एण्ड क्लिरिङ्गले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरी, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद , सिडिएस एण्ड क्लियरिङ्गका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ता लगायतले पूँजी बजार, सि–आस्वा, सेयर डिम्याट, र लगानी सम्बन्धी विविध जानकारी सहभागिलाई गराएका थिए ।

कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरु, स्थानीय उद्योगी व्यवसायीहरु, विद्यार्थी लगायत दुई सय बढीको सहभागिता रहेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।