राष्ट्रिय बाणिज्य बैंकको चार शाखा विस्तार

Apr 29, 2018 Merolagani

राष्ट्रिय बाणिज्य बैंक (RBB) ले चार नयाँ शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ । सुर्खेत जिल्लाको गुर्भाकोट न.पा.–८ मा मेहेलकुना शाखा, अछाम जिल्ला साँफेबगर न.पा.–८ मा बयलपाटा शाखा, कैलाली जिल्लाको गैरीगंगा न.पा.–३ मा चौमाला शाखा र खोटाङ जिल्लाको ऐँसेलुखर्क गा.प.–३ मा ऐंसेलुखर्क गरि चार शाखा सञ्चालनमा ल्याएको हो ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०७४/०७५ को तेश्रो त्रैयमाससम्म ३ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । अघिल्लो आवको यस अवधिमा बैंकले २ अर्ब ७ करोड रुपैंयाँ खुद मुनाफा गरेको थियो । 

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब १ करोड रुपैंयाँ गरेको छ भने अघिल्लो आवको यस अवधिमा बैंकले ५ अर्ब ५२ करोड रुपैंया कुल सञ्चालन आम्दानी गरेको थियो । बैंकको सञ्चालन आम्दानीमा भएको वृद्धि, कुशल आन्तरीक व्यवस्थापन र व्यवसायिक दक्षता अभिबृद्धिबाट सो उपलब्धी हासिल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए ।

यस अवधिमा बैंकको निक्षेप १ खर्ब ५३ खर्ब रुपैंयाँ, कर्जा १ खर्ब १२ अर्ब रुपैयाँ र लगानी ३३ अर्ब ७९ करोड रुपैंयाँ रहेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैंयाँ भन्दा बढि रहेको छ । बैंकको भाका नाघेको कर्जा २.९० प्रतिशत रहेको छ ।

बैंकको हाल ६९ जिल्लामा १८६ वटा शाखा कार्यालय, १३० वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग र ६८ वटा शाखाहरुबाट सरकारी कारोबार हुंदै आइरहेको छ । राष्ट्रिय वाणिज्य बैंक र साविक एन.आई.डि.सी. डेभलपमेन्ट बैंक बीच बैशाख १९ गतेदेखि एकीकृत कारोबार हुँदैछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।