सेयर बजारका बारेमा जानकारी लिने हो भने क्यापिटल एक्सपोमा जानुहोस्

May 07, 2018 Merolagani

सेयर बजारका बारेमा सचेतना बढाउँदै लगानीकर्ताको उत्साह बढाउन पहिलो पटक क्यापिटल एक्स्पो आयोजना हुने भएको छ । तपाई बजारका कारेमा जानकारी लिन अनि सम्बद्ध पक्षहरुसँग चिनजान र जानकारी लिन चाहनु हुन्छ भने यो एक्स्पो उचित गन्तव्य हुन सक्छ ।

धितोपत्र बोर्डको आयोजनामा यही बैशाख २६ गतेदेखि क्यापिटल एक्सपो आयोजना हुँदैछ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने एक्स्पोमा सेयर बजारसम्बद्ध विभिन्न पक्ष तथा निकायका १ सय ७० वटा स्टक रहने छन् ।

नेप्से, सिडीएस एण्ड क्लियरिङ लिमिटेड, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर, क्रेडिट रेटिङ एजेन्सी लगायतले एक्स्पोमा सहभागि हुने लगानीकर्ता तथा अन्य अवलोकनकर्तालाई बजारका बारेमा जानकारी प्रदान गर्ने छन् । एक्स्पोमा धितोपत्र सम्बन्धी अध्ययन सामाग्री निःशुल्क प्रदान गरिने धितोपत्र बोर्डले जनाएको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।