पूँजीबजार प्रदर्शनीमा अाएका अवलोकनकर्ताले दिए यस्तो प्रतिक्रिया

May 10, 2018 Merolagani

नेपाल धितोपत्र बोर्ड आयोजक रहेको प्रथम पूँजी बजार प्रदर्शनी भब्यताका साथ विहीबार सम्पन्न भएको छ । दुई दिने प्रदर्शनीमा लगानीकर्ताको भब्य उपस्थितिले पूँजी बजारप्रति अत्याधिक आकर्षण रहेको स्पष्ट हुन्छ ।

नेपालमा पूँजी बजारको इतिहास लामो भएपनि आम जन–सहभागिताको हिसाबले अझैपनि धेरै ग्रामिण क्षेत्रका जनता यस विषयमा अनविज्ञ छन् । राजधानीमै पनि यसबारे प्रयाप्त ज्ञानकाे, अभाव देखियाे । जसले गर्दा प्रदर्शनीमा पूँजीबजार बारे चासाे राख्ने विभिन्न पेशा, व्यवसाय गरेका देखि सरकारी कर्मचारी, शिक्षक तथा विद्यार्थीहरुको समेत एक्स्पोमा उल्लेख्य सहभागिता रह्यो ।

यसै सर्दभमा मेरोलगानीले प्रदर्शनी स्थलमा अवलोकन गर्न आएका व्यक्तिहरुसँग कुराकानी गरेको छ ।उनीहरूसँग गरेकाे कुराकानी  सारांश :-

भर्खर मात्र दश जोड दुई पढ्दै गरेका सबिन भट्टराईले सेयर मार्केट सम्बन्धमा कसरी अगाडि बढ्ने विषयमा विस्तृत जानकारी लिनका लागि प्रदर्शनीमा आएको बताए । उनले आफूले सेयर बजार सम्बन्धि समाचार हेर्ने गरेपनि लगानी गर्दा कसरी गर्ने भन्ने जानकारी प्रदर्शनीमा पाएकोमा खुशी व्यक्त गरे ।

अर्का लगानीकर्ता चन्द्र प्रसाद पौड्यालले आफुले सेयर बजारमा कारोबार गर्दे आएपनि अब सेयर सम्बन्धी तालिम पनि लिनुपर्ने आवश्यकता महसुस गरेर एक्स्पोमा आएको बताए ।

अन्य एक्स्पोहरु धेरै आयोजना हुने गरेपनि पूँजीबजार प्रदर्शनी पहिलो पटक आयोजना भएकाले के रहेछ बुझ्न आएको सिर्जना खड्का बताउँछिन् । एक्स्पोको धेरै चाख भएर सेयर मार्केट सम्बन्धी बुझ्न आफु प्रदर्शनी स्थलसम्म आएको बताउँदै उनले धेरै कम्पनीको सेवा सम्बन्धी ब्रोसरहरु लिएकाले अध्यन गरेर उत्कृष्ट सेवा प्रदान गर्ने संस्था छनोट गर्ने बताइन् ।

 

 

समशेर लामा आफु दुई तीन पटक वैदेशिक रोजगारमा गएर कमाएको रकम पूँजी बजारमा कसरी सुरक्षित लगानी गर्ने भन्ने बुझ्न एक्स्पोमा आएको बताउँछन् । उनले कृषि कार्यका गर्न जनशक्ति अभावका कारण दुख गरेर आर्जेको रकम पूँजी बजारका कम्पनीमा गर्न आधारभुत र अवस्थाको बारेमा जानकारी लिने उदेश्यका साथ प्रदर्शनीस्थल आएको बताए । मेरोलगानीको तालिममा पाइने अफर आफुलाई एक्स्पोको ठूलो प्राप्ती भएको उनले भनाइ छ ।

नाम खुलाउन नचाहने एक महिलाले आफुलाई डिम्याट कसरि खोल्ने भन्ने बारेमा जान्ने उत्सुकता मेटाउन प्रदर्शनी स्थल आएपनि धेरै भिडभाडका कारण आफुले उपलब्धी मूलक जानकारी पाउन नसकेको बताइन् ।

मानिसहरुमा पूँजी बजार छोटो समयमा लगानी गरी छिटो नाफा आर्जन गर्ने क्षेत्र भन्ने बुझाइको विकास भएको अवस्थामा यस प्रदर्शनीले व्यक्तिहरुको सोच फराकिलो बनाउन सघाउ पुग्ने राजन ओलीले बताए ।

प्रदर्शनीमा आएका नबिन चन्द्र पौड्यालले पूँजी बजार प्रदर्शनीले बजारको बारेमा जानकारी गराई व्यक्तिहरुलाई लगानी गर्ने वातावरणको अवसर प्रदान गरेको बताउँछन् ।

दुई दिने प्रदर्शनीमा अबलोकनकर्ताले अनलाईन प्रणालीको बारेका धेरै जानकारी पाएको सुमेरु ब्रोकरका प्रबन्ध निर्देशक प्रेम अग्रवालले भने प्रदर्शनीले लगानीकतालाई एकै ठाउँबाट ब्रोकरहसँग प्रत्यक्ष कुरा गरी मूल्याङ्कन गर्न पाएका छन् । उनले यस किसिमको प्रदर्शनी धेरै बर्ष अगाडि गर्नुपर्ने बताउँदै प्रदर्शनी उपलब्धी मुलक भएको बताए ।

अहिले पनि पूँजी बजारका अधिकांश लगानीकर्ता काठमाडौं केन्द्रीत रहेको र निश्चित समुहहरु मात्र पूँजी बजारमा हाबी रहेको अहिले अवस्थाबाट मुक्त गराउन पनि यस्ता सचेतनामूलक प्रदशनीहरु राजधानीबाहिर पनि हुनुपर्ने आवश्यकता देखिन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।