लगानीकर्ताको सहभागिता र माग बढेपछि मेरो लगानीको अफर तेब्बर

May 09, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले रजत जयन्तीको अवसरमा आयोजना गरेको पूँजी बजार प्रदर्शनीमा मेरोलगानी डटकमको स्टलमा पहिलो दिनमा उत्साहजनक सहभागिता भएपछि अफर तेब्बर पारिएको छ ।

आम लगानीकर्ताको मागलाई मध्यनजर गर्दे लक्की ड्र मार्फत १०० जनालाई बितरण गरिने एक हजार रुपैयाँ बराबरको गिफ्ट भौचर ३०० जनालाई वितरण गरिने भएको छ । यसअघि लक्की ड्र मार्फत १ सय जनालाई गिफ्ट भौचर बितरण गरिने घोषणा गरिएको थियो । 

उक्त गिफ्ट भौचर मेरोलगानीका उत्पादनहरु पोर्टफोलियो ट्र्याकिगं, डाटा एनालिटिक्स, न्युजलेटर, प्राविधिक तथा आधारभुत सेयर तालिम तथा दैनिक सेयर कारोबारको डाटा खरिद गर्दा उपयोग गर्न सक्नेछन् । यसका लागि स्टल भ्रमण गर्नेले मेरोलगानीको स्टलमा आफ्नो नाम, सम्पर्क नम्बर र इमेल आईडि सहित दर्ता गर्नुपर्ने हुन्छ ।

एक्स्पोमा मेरोलगानी डटकमले ग्राहक सेवालाई मध्यनजर गर्दे १०१ नम्बर स्टल राखेको छ । दुई दिन सञ्चालन हुने एक्स्पोको बुधबार बिहान अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका छन् । १७० स्टल रहेको एक्स्पो विहीबारसम्म चल्नेछ ।

नेपालको सेयर बजारका सम्बन्धमा सक्रिय रुपमा समाचार सम्प्रेषण तथा तालिमहरु आयोजना गर्दै आएको मेरोलगानी डटकमले स्टल अवलोकनका क्रममा बजारका साथै मेरोलगानीले दिने सेवाका बारेमा जानकारी दिनेछ ।

सेयर बजारका बारेमा सचेतना बढाउँदै लगानीकर्ताको उत्साह बढाउन पहिलो पटक क्यापिटल एक्स्पो आयोजना गरिएको हो । तपाई सेयर बजारका बारेमा जानकारी लिन अनि सम्बद्ध पक्षहरुसँग चिनजान गर्न चाहनु हुन्छ भने यो एक्स्पो उचित गन्तव्य हुन सक्छ ।

नेप्से, सिडीएस एण्ड क्लियरिङ लिमिटेड, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर, क्रेडिट रेटिङ एजेन्सी लगायतले एक्स्पोमा सहभागि हुने लगानीकर्ता तथा अन्य अवलोकनकर्तालाई बजारका बारेमा जानकारी प्रदान गर्ने छन् । एक्स्पोमा धितोपत्र सम्बन्धी अध्ययन सामाग्री निःशुल्क प्रदान गरिनेछ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।