२ दिने क्यापिटल एक्स्पोमा मेरोलगानीले दिनेछ यस्तो अफर !

May 08, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले रजत जयन्तीको अवसरमा आयोजना गरेको पूँजी बजार प्रर्दशनीमा मेरोलगानी डटकमको पनि सहभागिता रहने छ । सबै तयारी पुरा भईसकेको एक्स्पोमा मेरोलगानी डटकम १०१ नम्बर स्टलमा रहने छ । एक्स्पोमा मेरोलगानीको स्टल अवलोकन गर्नेलाई आकर्षक गिफ्ट भौचर बितरण गरिनेछ ।

प्रदर्शनीका लागि सबै तयारी पुरा भैसकेको छ । सहभागि संस्थाहरु भने आफ्नो स्टलको सजावटमा अझै पनि व्यस्त छन् ।

एक्स्पोको बुधबार बिहान अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्दैछन् । एक्स्पोमा १७० स्टल रहने धितोपत्र बोर्डले जनाएको छ ।

नेपालको सेयर बजारका सम्बन्धमा सक्रिय रुपमा समाचार सम्प्रेषण तथा तालिमहरु आयोजना गर्दै आएको मेरोलगानी डटकमले एक्स्पोमा १०१ नम्बर स्टल अवलोकन गर्नेहरुलाई १ हजार रुपैंया बराबरको गिफ्ट भौचर बितरण गर्ने भएको छ ।

मेरोलगानी डटकमको स्टल अवलोकनका क्रममा बजारका साथै मेरोलगानीले दिने सेवाका बारेमा जानकारी सहित एक हजार रुपैयाँ बराबरको गिफ्ट भौचर लक्की ड्रमार्फत १ सय जनालाई बितरण गरिनेछ ।

यसका लागि तपाईले मेरोलगानीको स्टलमा आफ्नो नाम, सम्पर्क नम्बर र इमेल आईडि सहित दर्ता गर्नुपर्ने हुन्छ ।

उक्त गिफ्ट भौचर मेरोलगानीका उत्पादनहरु पोर्टफोलियो ट्र्याकिगं, डाटा एनालिटिक्स, न्युजलेटर, प्राविधिक तथा आधारभुत सेयर तालिम तथा दैनिक सेयर कारोबारको डाटा खरिद गर्दा उपयोग गर्न सक्ने छन् ।

सेयर बजारका बारेमा सचेतना बढाउँदै लगानीकर्ताको उत्साह बढाउन पहिलो पटक क्यापिटल एक्स्पो आयोजना गरिएको हो । तपाई सेयर बजारका बारेमा जानकारी लिन अनि सम्बद्ध पक्षहरुसँग चिनजान गर्न चाहनु हुन्छ भने यो एक्स्पो उचित गन्तव्य हुन सक्छ ।

नेप्से, सिडीएस एण्ड क्लियरिङ लिमिटेड, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर, क्रेडिट रेटिङ एजेन्सी लगायतले एक्स्पोमा सहभागि हुने लगानीकर्ता तथा अन्य अवलोकनकर्तालाई बजारका बारेमा जानकारी प्रदान गर्ने छन् । एक्स्पोमा धितोपत्र सम्बन्धी अध्ययन सामाग्री निःशुल्क प्रदान गरिने छ ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।