पूँजीबजार प्रर्दशनीमा उल्लेख्य उपस्थिति, मेरोलगानीको स्टलमा आकर्षण (फाेटाेफिचर)

May 09, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले रजत जयन्तीको अवसरमा आयोजना गरेको प्रथम पूँजी बजार प्रर्दशनीले लगानीकर्ताको ध्यान खिचेको छ । 

अर्थमन्त्रीले डा. युवराज खतिवडाले बुधबार उद्घाटन गरेका एक्स्पो पूँजी बजारसँग सम्बन्धित संघ संस्थाका अतिरिक्त लगानीकर्ताको खचाखच भिडले भरिएकाे छ । सेयर बजारका बारेमा सचेतना बढाउँदै लगानीकर्ताको उत्साह बढाउन पहिलो पटक भृकुटीमण्डप काठमाडाैंमा क्यापिटल एक्स्पो आयोजना गरिएको हो । 

१७० स्टल रहेको एक्स्पोमा मेरोलगानीले १०१ नम्बर स्टल राखेर सहभागिता जनाएको छ । मेरोलगानी डटकमको सहभागिता जनाएका अवलाेकनकर्तालार्इ स्टल अवलोकनका क्रममा बजारका सूचना तथा जानकारी मेरोलगानीले प्रदान गरिरहेकाे छ । साथै लक्की ड्र मार्फत एक हजार रुपैयाँ बराबरको गिफ्ट भौचर १ सय जनालाई बितरण गर्नेछ ।

उक्त गिफ्ट भौचर मेरोलगानीका उत्पादनहरु पोर्टफोलियो ट्र्याकिङ्ग, डाटा एनालिटिक्स, न्युजलेटर, प्राविधिक तथा आधारभुत सेयर तालिम तथा दैनिक सेयर कारोबारको डाटा खरिद गर्दा उपयोग गर्न सक्नेछन् ।

 

नेपालको सेयर बजारका विकृति विसङ्गतिमाथि आवाज उठाउँदै सक्रिय रुपमा समाचार सम्प्रेषण तथा तालिमहरु आयोजना गर्दै संस्थाले मेरोलगानी डटकमले पूँजी बजारको ज्ञान र लगानीकर्ता सचेतनामा आफ्ना सूचना प्रवाह गर्दे आइरहेको छ ।

२ दिने क्यापिटल एक्स्पोमा मेरोलगानीले दिनेछ यस्तो अफर !

 

 नेप्से, सिडीएस एण्ड क्लियरिङ लिमिटेड, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर, क्रेडिट रेटिङ एजेन्सी लगायतले एक्स्पोमा सहभागिता रहेको छ ।

 

प्रदर्शनी सेयर बजारका बारेमा जानकारी लिन अनि सम्बद्ध पक्षहरुसँग चिनजान गर्न चाहनु हुन्छ भने यो एक्स्पो उचित गन्तव्य हुन सक्छ । एक्स्पोमा धितोपत्र सम्बन्धी अध्ययन सामाग्री निःशुल्क प्रदान पाइने छ ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।