सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुर्याउने,योगदानमा आधारित सामाजिक सुरक्षा

May 21, 2018 Merolagani

सरकारले सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुर्याउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दे हाल सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई थप नयाँ प्याकेज सहित सम्पुर्ण नगरिकको पहुँचमा पुर्याउने बताएको हो ।

सरकारले सामाजिक सुरक्षा अर्न्तगत सरकारले सञ्चालन गर्दै आइरहेको स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइने र सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुर्याउने सरकारको योजना रहेको छ ।

राष्ट्रपति विद्यादेबी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपालको कृषि क्षेत्रलाई प्रथमिकता दिएको छ । उच्च मुल्यको कृषि उपजको उत्पादन र निर्यातमा प्रोत्साहन गरिने र उत्पादन जोखिमलाई सम्बोधन गर्न कृषि बीमालाई अनिवार्य गरि थप विस्तार गरिने उल्लेख छ ।

हरेक स्थानीय तहमा ५ वर्ष भित्र अस्पताल पुर्याउने, अशक्त तथा असाहय र बेवारिसेहरुको उपचार र पुर्नस्थापन गरिने छ । सरकारी तथा निजी क्षेत्रमा पनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने, जनस्वास्थ्यमा नयाँ कानून ल्याइने, आयुर्वेद र प्राकृतिक चिकित्सालाई आधुनिकीकरण गर्ने र सबै नेपालीलाई खानेपानी, स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै पत्रकार दुर्घटना बीमा र पत्रकार वृत्ति कोषलाई पत्रकारकै हितमा उपयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।