मेगा बैंक र रिलायवल लाइफबीच बैंकास्योरेन्स सम्झौता

Jun 19, 2018 Merolagani

मेगा बैंक नेपाल (MEGA) र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्भौता पत्रमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्राहकहरुले मेगा बैंकको जुनसुकै शाखा कार्यलयहरुबाट रिलायवल लाइफको जीवन बीमालेख खरिद, प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायतका सबै सेवा प्राप्त गर्न सक्नेछन् । 

सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।