मेगा बैंकले डाक्यो असार २९ गते साताैं साधारण सभा, एक अर्बको बोनस पारित गर्दै

Jun 21, 2018 Merolagani

गत बैशाख ३० गतेदेखि टुरिजम् डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार थालेको मेगा बैंक (MEGA) ले बैंकले असार २९ गते साताैं बार्षिक साधारण सभा आह्वान गरेको छ । एकीकृत कारोबार भएपश्चात भने बैंकको यो पहिलो साधारण सभा हो ।

बैंकले राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा बिहान १० बजे साधारण सभा डाकेको हो । सभाले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १०.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाका लागि बैंकले असार १४ गतेसम्म कायम सेयरधनीले बाेनस प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् ।  बैशाख ३० गतेदेखि असार १४ गतेसम्म सेयरधनी बनेर बाेनस पाउनेले भने बाेनस सेयरमा कर तिर्नुपर्ने बैंकले जनाएकाे छ । 

यसअघि मेगाको गत पुस २५ गते सम्पन्न सञ्चालक समिति बैठकले ९.४५ प्रतिशत र टुरिजमको गत चैत १२ गते सम्पन्न सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका थिए ।

दुबै बैंकको संयुक्त कारोबार भैसकेको भन्दै बैंकले यसअघि दुबै बैंकले छुट्टाछुट्टै प्रस्ताव गरेको बोनसमा संसोधन गरेको थियो । जेठ २९ गते सम्पन्न २२१ औं सञ्चालक समिति बैंकले यसअघि प्रस्ताव गरेको बोनस सेयर रकमलाई संसोधन गरेर समान १०.७५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

सभाले संस्थापक र साधारण सेयरधनीकाे तर्फबाट ३/३ जना सञ्चालककाे निर्वाचन गर्ने, बिनियमावलीमा संसाेधन, लेखापरिक्षा नियुक्त्ति र उपयुक्त्त बैंक तथा वित्तिय संसथासँग मर्जर तथा प्राप्ती गर्न सञ्चालक समितिलार्इ अख्तियारी प्रदान गर्ने एजेण्डा पनि सभामा रहेका छन् ।

९ अर्ब २८ करोड ६८ लाख रुपैयाँ रहेको मेगा बैंकले ९९ करोड ८६ लाख ९५ हजार रुपैयाँको बोनस बितरण गर्नेछ । यसपश्चात बैंकको चुक्ता पूँजी १० अर्ब २८ करोड ६८ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार...

यसअघिकाे निर्णय खारेज गर्दै मेगाले कति गर्यो बोनस प्रस्ताव ?

टुरिजमलाई गाभ्ने प्रक्रियामा रहेको मेगाले बोनस बाटै आठ अर्ब पुर्याउने

मेगासँग मिसिन लागेको टुरिजमले प्रस्ताव गर्यो बोनस

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।