कुन जिल्लामा कति जनाले खोले डिम्याट खाता ?

Jun 23, 2018 Merolagani

देशव्यापी रुपमा सेयर बजारलाई बिस्तार गर्ने बहस चल्दै गर्दा काठमाण्डौं बाहिर डिम्याट खाता खोल्नेको संख्या सामान्य देखिएको छ । धितोपत्र बोर्डले डिम्याट खाता अनिवार्य गरेसँगै तिब्र रुपमा खाता खोल्ने क्रम चले पनि त्यो कुल जनसंख्याको अगाडी ज्यादै न्युन छ ।

गत मंगलबारसम्ममा कुल १२ लाख ५० हजार २५७ जनाले डिम्याट खाता खालेका छन् । केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार १२ लाख ५० हजार २५७ जनाले १२ लाख ६० हजार ५०६ वटा डिम्याट खाता खोलेका हुन् । यस आधारमा एक वा सोभन्दा बढी डिम्याट खाता खोल्नेको संख्या १० हजार २४९ रहेको देखिन्छ ।

जिल्लाका आधारमा हेर्दा काठमाण्डौंमा ४ लाख १६ हजार ५७९ जनाले डिम्याट खाता खोलेका छन् भने डोल्पा, मनाङ, मुस्ताङ लगायतका जिल्लाहरुमा सबैभन्दा थोरै डिम्याट खाता खोलिएको छ ।
महिला तथा पुरुषको डिम्याट खाताको अवस्था, जिल्लागत आधारमा यस्तो छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।