सिटिजन लाइफ इन्स्योरेन्सको ‘विद्यार्थीसँग बीमा’ अभियान सुरु

Jul 10, 2018 Merolagani

सिटिजन लाइफ इन्स्योरेन्सले ‘विद्यार्थीसँग बीमा’ अभियान सुरु गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम आन्तर्गत बीमा सम्बन्धि जनचेतना अभिवृद्धि गराउने उद्देश्यले विद्यार्थीसँग बीमा अभियान सुरु गरेको कम्पनीले बताएको छ ।

कम्पनीकाे ब्राण्ड एम्बेस्डर मदन कृष्ण श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत पौडेलले अभियानको संयुक्त रुपमा अभियानको सुरुवात गरेका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले विद्यार्थीकालमा सिकेको ज्ञान प्रभावकारी हुने र उनीहरुले परिवारलाई समेत सिकाउन सक्ने भएकाले विद्यार्थीबाटै अभियान थालिएको बताए ।

बीमासम्वन्धी जनचेतनाको अभावले हाल १० प्रतिशतमा मात्रै बीमा क्षेत्रको पहुँचमा रहेको बताउँदै उनले भने, यो अभियानले जनचेतना जगाउन थप सहयोग पुग्नेछ ।’

अभियानमा विद्यार्थीले बीमाको महत्व बुझी आफ्नो परिवार र अरुलाई समेत बुझाई समाजमा नै बीमाको बारेमा जनचेतना फैलाउनमा सहयोग पुर्याउने कम्पनीले विश्वास लिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।