नेपाल बैंकको एफपिओ एक बजे बाँडफाँड हुने, मागेजति नै पाउने

Aug 05, 2018 Merolagani

नेपाल बैंक (NBL) काे थप सार्वजनिक निष्काशन (एफपिअाे) आइतबार बाँडफाँड हुने भएको छ । एफपिओ बिक्री प्रबन्धक सिदार्थ क्यापिटलले दिउँसो एक बजे बाँडफाँड गरिने जानकारी दिएको छ ।

बैंकको एफपिओमा कूल निष्काशनको ५३ प्रतिशत मात्र आवेदन परेको छ । प्रमाणिकरण भएका अावेदकले आवेदन गरेको कित्ता अनुसार नै सेयर पाउने भएका छन् । अवितरित ४७ प्रतिशत एफपिओ भने प्रत्याभूतिकर्ता ८ मर्चेन्ट बैंकले सर्काने भएका छन् । 

बैंकको एफपिओमा सर्वसाधारण,सञ्चालक र कर्मचारी गरि कूल २३ हजार ६२४ आवेदनबाट ९३ लाख ७५ हजार ७५० कित्ता बराबरको २ अर्ब ६२ करोड ५२ लाख २१ हजार रुपैयाँको एफपिओ मात्र बिक्री भएको छ ।

२ अर्ब ३२ करोड ६५ लाख ५० हजार २४० रुपैयाँ बराबरको ८३ लाख ९ हजार १०८ कित्ता सेयर एफपिओमा प्रत्याभूति गरेका ८ मर्चेन्ट बैंकले किन्नेछन् ।

बैंकले असार १५ देखि साउन १३ गतेसम्म कूल एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ बिक्रीमा ल्याएको थियो ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्नेछ । एफपिओबाट बैंकलाई तीन अर्ब १८ करोड रुपैयाँ प्रिमियम संकलतन गर्नेछ भने एक अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी बढ्नेछ ।

एफपिओ निष्काशनसँगै बैंकमा सरकारको हाल रहेको ६२ प्रतिशत सेयर स्वामित्व घटेर ५१ प्रतिशत कायम हुनेछ । उता ३८ प्रतिशत रहेको सर्वसाधारणको स्वामित्व बढेर ४९ प्रतिशत पुग्नेछ ।

सरकारी स्वामित्व घटाएर ५१ प्रतिशतमा झारेर सर्वसाधारण सेयर स्वामित्व ४९ प्रतिशत कायम गर्न एफपिओ विक्रीमा ल्याएको बैंकले जनाएको छ । त्यस्तै वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्दे बैंकको सेवा विस्तार गर्ने उदेश्यका साथ एफपिओ विक्री ल्याएको थियाे ।

सम्बन्धित समाचारहरू:-

नेपाल बैंकको एफपिओमा सञ्चालहरुको अत्यन्त न्यून आवेदन, कुन क्यापिटलकाे कति फस्यो लगानी ?

नेपाल बैंकको एफपिओ नबिक्नुमा सरोकारवाला सबै 'फेलिएर'

नेपाल बैंकले एफपिओलाई लाभांश वितरण गर्ला कि नगर्ला ?

ठूला संस्थागत लगानीकर्ताले रुची नदेखाउँदा नेपाल बैंकको एफपिओको बिजोग, कति पर्यो आवेदन ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।