सिद्धार्थ बैंकको एक अर्ब ८५ करोड लाभांश क्षमता,अन्य सूचकमा कस्तो छ प्रगति ?

Aug 06, 2018 Merolagani

एक अर्ब ८५ करोडकाे लाभांश शेयरधनीलार्इ बाँड्ने क्षमता राख्दै सिद्धार्थ बैंक (SBL) नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार वित्तीय विवरण सार्वजनिक गरेका पाँच बैंकमध्ये दाेश्रो वाणिज्य बैंक बनेको छ । सिद्धार्थ लाभांश क्षमतामा एनआईसी एशिया, सिटिजन्स  र एभरेष्ट बैंक बैंकभन्दा सबल र ग्लोबल आईएमईभन्दा कमजोर देखिएको हो ।

एनएफआरएस वित्तीय विवरण अनुसार एनआईसी एशियाको लाभांश क्षमता ८२ करोड ४६ लाख, सिटिजन्सको ९६ करोड ४९ लाख र एभरेष्ट बैंकको एक अर्ब ८४ करोड रहेको छ ।

सिद्धार्थभन्दा उच्च लाभांश क्षमता रहेकाे ग्लोबल आईएमई बैंकको दुई अर्ब १५ करोड रहेकाे छ ।

यद्यपी नेपाल बैंकले परम्परागत प्रणालीमा वित्तीय विवरण अनुसार तीन अर्ब ३९ करोड खुद नाफा कमाएको सार्वजनिक गरेकाले लाभांश क्षमतामा पनि अन्य पाँच बैंकभन्दा उच्च नै देखिन सक्छ ।

एनएफआरएस वित्तीय विवरण अनुसार बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आव २०७४/७५ मा १९.९९ प्रतिशतले खुद नाफा वृद्धि गर्दै दुई अर्ब ४५ करोड ९७ लाख गरेको उल्लेख छ । यस प्रणाली अनुसार बैंकले अघिल्लो बर्ष दुई अर्ब चार करोड ९९ लाख नाफा देखाएको छ ।

एनएफआरएस अनुसार बैंकले खुद नाफाबाट राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा ६० करोड ४९ लाख व्यवस्था गरेको छ । यस व्यवस्थाका कारण बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको देखिन्छ ।

बैंकको चुक्ता पूँजी ६ अर्ब ६२ करोड ८८ लाखबाट आठ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

बैंकले १० अर्ब १३ करोड ब्याज आम्दानी गरेर ६ अर्ब ६२ करोड ब्याज खर्च गरेको छ । जसबाट उसले ३ अर्ब ५१ करोड खुद ब्याज आम्दानी गरेको छ ।

बैंकले चार अर्ब ९५ करोडको जगेडा कोष ५ अर्ब ८५ करोडमा बढाएको छ । त्यसैगरि निक्षेप संकलनमा ७७ अर्ब ४० करोडबाट एक खर्ब एक करोड ७५ लाख तथा कर्जा ६७ करोड १३ लाखबाट ८६ करोड १३ लाखमा बढोत्तरी गरेको छ । खुद ब्याज आम्दानी दुई अर्ब ६२ करोडबाट तीन अर्बमा पुगेको हो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २७.६९ प्रतिशत, जगेडा कोष १८.०९, निक्षेप ३१.४६ प्रतिशत, कर्जा २८.२९, खुद ब्याज आम्दानी ३३.७५ प्रतिशतले सुधार गरेको छ ।

बैंकको खराब कर्जा १.१५ बाट घटेर १.०५ प्रतिशतमा झरेको छ, प्रतिशेयर आम्दानी ३० रुपैयाँबाट संकुचन आएर २९ रुपैयाँ ०६ पैसामा सीमित भएको छ । त्यस्तै बैंकको आधार ब्याजदर ११.१६ प्रतिशत र कोषको लागत ७.६३ प्रतिशत छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।