नौं करोड खुद नाफा घटेको माछापुच्छ्रेको विवरणलाई कसरी हेर्ने ?

Aug 13, 2018 Merolagani

८ वाणिज्य बैंकमध्ये नाफा घट्ने माछापुच्छ्रे पहिलाे बैंक
माछापुच्छ्रे बैंक गत आर्थिक बर्षकाे वित्तीय विवरण प्रकाशित गरेका ८ वाणिज्य बैंकमध्ये पहिलो खुद नाफा घट्ने बैंक बनेको छ। बैंकले नेपाल फाइनान्सिङ रिपोर्टिङ स्ट्यान्डर्डमा साेमबार प्रकाशन गरेकाे अार्थिक बर्ष २०७४/७५ को खुद नाफा अघिल्लाे बर्षकाे तुलनामा ९ करोड ६९ लाख रुपैयाँले घटेको उल्लेख गरेकाे छ। 

एनएफआरएस अनुसार बैंकले गत अावमा एक अर्ब २९ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख गरेको छ । अघिल्लो बर्ष बैंकको खुद नाफा एक अर्ब ३९ करोड ४२ लाख रहेको थियो ।

खर्च र लागत बढेर बैंकको व्यवसाय विस्तार सुस्त बन्दा खुद नाफा घट्न पुगेको हाे । यस अवधिमा बैंकको कोषको लागत ४.७६ प्रतिशतबाट ७.६१ प्रतिशतमा बढेको छ । जसले अघिल्लो बर्ष १०.२९ रहेको आधार ब्याजदर ११.०६ प्रतिशतमा पुगेको छ ।

एक अर्ब २१ करोड लाभांश क्षमता

राष्ट्र बैंकको व्यवस्था अनुसार आर्थिक बर्ष २०७४।७५ मा बैंकले आठ करोड ६६ लाख रेगुलेटरी एड्जस्टमेन्ट पश्चात एक अर्ब २१ करोड ६ लाख रुपैयाँ लाभांश क्षमता बनाएको छ । यो रकम बैंकले केन्द्रिय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकमा व्यवस्था गरेर सेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्छ । बैंकको लाभांश क्षमता समेत अघिल्लो बर्षको तुलनामा ९ करोड १८ लाखले घटेको देखिन्छ ।

माछापुच्छ्रेको पूँजी ३३ करोड ९० लाख बढेर ८ अर्ब पाँच करोड ५६ लाख रुपैयाँ पुगेकाे छ भने जगेडा कोष ८७ करोड चार लाख बढेर दुई अर्ब ७२ करोड ६१ लाख सञ्चित  रहेकाे छ ।

 निक्षेप र कर्जा लगानी सामान्य बढ्याे

समीक्षा अवधिमा बैंकले निक्षेप र कर्जा लगानी सामान्य बढाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा ५८ अर्ब ६२ करोड निक्षेप संकलन गरेर ५२ अर्ब ५५ करोड कर्जा लगानी गरेकोमा गत आवमा ७२ अर्ब ४७ करोड निक्षेप संकलन र कर्जा विस्तार तर्फ ६५ अर्ब ८ करोड पुगेको छ ।

यस अवधिमा निक्षेप २३.६२ र कर्जा विस्तार २३.८२ प्रतिशतले बढाएको छ । साथै बैंकले लिने सापटी रकम १६ करोडबाट बढेर ६३ करोड पुगेको देखिन्छ ।

लागत बढ्दा अपेक्षित बढेन खुद नाफा

निक्षेप लागत बढेर ब्याज खर्च उच्च हुँदा बैंकको खुद ब्याज आम्दानी सामान्य मात्र बढेको छ । बैंकको अघिल्लो बर्ष दुई अर्ब ४३ करोड खुद ब्याज आम्दानी रहेकोमा १२.३३ प्रतिशतले बढेर दुई अर्ब ७३ करोड पुगेको छ ।

प्रतिसेयर अाम्दानी घट्याे

कर्जा निक्षेप अनुपात ७६.१३ प्रतिशत रहेको बैंकको खराब कर्जा ०.३८ प्रतिशतमा स्थिर रहेको छ ।एनएफआरएस रिर्पाेट अनुसार बैंकको गत बर्ष कमाएको नाफा अनुसार प्रतिसेयर आम्दानी १६ रुपैयाँ १० पैसा कायम हुने देखिन्छ । तर बैंकले वित्तीय विवरणमा ३१ पैसा बढी १६ रुपैयाँ ४१ पैसा उल्लेख गरेको छ । अघिल्लाे बर्ष बैंककाे प्रतिसेयर अाम्दानी १८ रूपैयाँ ७ पैसा रहेकाे थियाे ।

बैंकको प्रतिसेयर नेटवर्थमा पनि ९ रुपैयाँ २७ पैसाले घटेर १२७ रुपैयाँ १७ पैसा कायम भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।